Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
Photo / Coverage: नेपालन्युज

बर्दिया।बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ निवासी १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कोहलपुर–९ कै २० वर्षीय दीक्षित श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बोहराले जानकारी दिए। घाइते भएका दुवैलाई प्रारम्भिक उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको थियो। दुवैलाई थप उपचारका लागि भारतको लखनउस्थित समरामेक्स अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा कात्तिक २४ गते बिहान ७ः०० बजे थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव कोहलपुर ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१४प ८६२४ नम्बरको मोटरसाइकल कात्तिक २३ गते बिहान ७ः२५ बजे बढैयाताल गाउँपालिका–८ शीतलाबजारस्थित हुलाकी राजमार्गमा आफै अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको क्षतिग्रस्त मोटरसाइकल प्रहरी चौकी शीतलाबजारमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने इरानको अडान
Latest NewsJust now

हर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने इरानको अडान

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ महिनादेखि जारी युद्ध अन्त्य गर्ने दिशामा ‘सकारात्मक गति’ देखिएको बताइरहेका बेला इरानले स्ट्रेट अफ हर्मुज पुनः खोल्न अमेरिकाले आफ्ना माग पूरा गर्नुपर्ने जनाएको... ...

रातोपाटी
पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली
Latest NewsJust now

पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली

काभ्रे। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली निकालिएको छ। पनौती नेपालद्वारा आयोजित र्‍यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो।... ...

रातोपाटी
अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता
Latest NewsJust now

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play