Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

विकासका लागि साझा संवाद गरौँ : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
विकासका लागि साझा संवाद गरौँ : सभामुख अर्याल
Photo / Coverage: नेपालन्युज

महोत्तरी। सभामुख डोलप्रसाद अर्यालले नेपालीले विकासविना समृद्धि नहुने बताउँदै यसका लागि सबैको साझा प्रयत्न र संवाद परुरी रहेको बताएका छन्। छठ पर्वका लागि मधेस आएका उनले आज दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाटलाई सम्बोधन गर्दै मधेसमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिणाममुखी कामको आवश्यकता रहेकामा जोड दिए। ‘हामीले मधेसको शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिएर काम गर्नुपर्ने छ’, सभामुख अर्यालले भने, ‘विकासका यी मुद्दामा सबै पक्षबीच आपसी संवाद बढाएर परिणाम देखिने काम हुनुपर्छ ।’ कृषिसँग सम्बन्धित उद्योगधन्दा विकास गर्नसके रोजगारीका अवसर बढ्न सक्ने र यसले विदेश पलायनको क्रम रोक्न मद्दत पुग्ने उनले बताए। मधेसमा यसपालि छठ पर्व मनाउन आउँदा यहाँको सांस्कृतिक सद्भाव, आपसी हेलमेल र सहिष्णुताले मन प्रफुल्ल बनाएको सभामुख अर्यालको भनाइ छ । चाडवाडमा देखिएको यो सद्भाव विकासमा मुखरित गर्नसके हामीले चाहेको समृद्धि हात पर्ने उनले स्पष्ट गरे। ‘राजनीतिमा स्वस्थ्य प्रतिस्पर्धा हुनपर्छ, राजनीति सुशासन र विकासप्रति समर्पित हुन आवश्यक छ’, सभामुख अर्यालले भने, ‘यस विषयमा आमजनताले आफ्ना प्रतिनिधिलाई घचघच्याइ रहनुपर्छ ।’ संसद्ले एक युगसम्म जनताले अपनत्व लिनसक्ने गरी कानुनको तर्जुमा र संविधान संशोधनका विषय पहिल्याउने र टुङ्ग्याउने काम गर्नपर्ने उनको धारणा छ। ‘कमसेकम अहिलेको हाम्रो पुस्ताको कामलाई हाम्रा नाति पुस्ताले बाजेहरुले ठीकै गर्न खोजेका रहेछन् भन्ने अनुभूति लिन सकुन्’, सभामुख अर्यालले भने, ‘राम्रो परिणामका लागि फेरि पनि हामीबीच समुन्नत सहमति, सहकार्य र सहअस्तित्व हुनपर्छ ।’ वीरगञ्जमा छठ पर्व सकेर हुलाकी सडक हुँदै बर्दिवास आइपुगेका अर्याल यहाँको भेटघाट कार्यक्रमपछि काठमाडाैँ प्रस्थान गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
Latest NewsJust now

चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाको सहयोगमा सिसर्काबाट समुन्द्रि सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङ धुरीको दृष्य अवलोकनस्थल जोड्ने पाँच... ...

रातोपाटी
असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब
Latest NewsJust now

असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि यस शीर्षकमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएको थियो। असोज मसान्तसम्ममा मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ ...

नेपालन्युज
रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड
Latest NewsJust now

रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड

अमेजन एमजीएम स्टुडियोले सोमबार आधिकारिक घोषणा गर्दै ड्यानियल क्रेगपछि ००७ को भूमिकामा प्याटिन्सनलाई चयन गरेको जनाएको छ । ...

कान्तिपुर
खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड
Latest NewsJust now

खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

काठमाडौँ, कात्तिक ३० गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्दे... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play