Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

वालमार्टको विरासतमा कलाको साम्राज्य चलाइरहेकी एलिस वाल्टन

Share:WhatsAppFacebookX (Twitter)Telegram
वालमार्टको विरासतमा कलाको साम्राज्य चलाइरहेकी एलिस वाल्टन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । विश्वका धेरै देशमा फैलिएको बहुराष्ट्रिय खुद्रा सामग्री विक्रेता कम्पनी हो, वालमार्ट । सन् १९६२ मा साम वाल्टनले अमेरिकाको अर्कान्सासबाट सुरु गरेको यस कम्पनीमा अहिले विश्वभर २१ लाख मानिस काम गर्छन् । १९ देशमा यसका १० हजार ७ सय ५० वटा स्टोर छन् । यसले सुपरमार्केट, डिस्काउन्ट स्टोर, साना तरकारी पसल तथा अनलाइन स्टोर सञ्चालन गर्छ । कम मूल्यमा सामग्री प्रदान गर्न सक्नु वालमार्टको विशेषता हो । यसको आपूर्ति प्रणाली निकै व्यवस्थित र प्रभावकारी मानिन्छ । प्रविधिको विकाससँगै पछिल्लो समय वालमार्टमार्फत अनलाइन सपिङ गर्नेहरूको संख्या बढ्दो छ । यही कम्पनीकी मालिक हुन्— एलिस वाल्टन । फोर्ब्सले जारी गरेको विश्वका धनीहरूको पछिल्लो सूचीमा १५औं स्थानमा रहेकी उनी विश्वकै धनी महिला हुन् । दाजुहरू रोब वाल्टन र जिम वाल्टनसँगै एलिसलाई बाबु साम वाल्टनको सम्पत्ति विरासतमा मिलेको थियो । अहिले यी तीन दाजु–बहिनीको सम्पत्ति जोड्दा ३ सय २० अर्ब अमेरिकी डलर बराबर पुग्ने फोर्ब्सले जनाएको छ । एलिस कहिलेकाहीं विवादमा पनि आउने गरेकी छन् । वालमार्टले आफ्ना लाखौं कर्मचारीलाई न्यून ज्याला दिने गरेको भन्दै पटक–पटक न्युयोर्कस्थित उनको अपार्टमेन्टबाहिर प्रदर्शनसमेत भएको थियो ।फोर्ब्सको पछिल्लो रिपोर्टअनुसार ७६ वर्षकी एलिससँग मात्रै १ सय १७ अर्ब अमेरिकी डलर बराबर सम्पत्ति छ । तर आफ्ना दाजुहरू जसरी उनी आफैं वालमार्टको सञ्चालनमा भने सक्रिय छैनन् । बरु उनी कलाकी पारखी हुन् । युवावस्थादेखि नै एलिसलाई पेन्टिङमा रुचि थियो । १० वर्षको छँदा दुई डलर तिरेर एउटा पेन्टिङ किनेको सम्झना उनलाई अझै पनि छ । उक्त पेन्टिङ चर्चित स्पेनिस चित्रकार पाब्लो पिकास्सोले तयार गरेको चित्रलाई आधार बनाएर फेरि कोरिएको थियो । टेक्सासस्थित ट्रिनिटी विश्वविद्यालयबाट १९७१ मा ग्य्राजुएट गरेपछि एलिसले छोटो समय परिवारको व्यवसायमा सहयोग गरिनन् । न्युयोर्करसँग उनले बताएअनुसार एलिस यस बेला वालमार्टमा बेच्न बच्चाहरूका कपडा होलसेलमा किनेर ल्याउँथिन् । सन् १९८८ मा एलिसले एउटा इन्भेस्टमेन्ट बैंक ‘लाम्पा कम्पनी’ स्थापना गरिन् । उनले जीवनमा दुई पटक विवाह गरेर डिभोर्स गरिन् । एलिसका सन्तान भने छैनन् । आफ्नो निजी कला संग्रहका लागि उनी निकै चर्चित छिन् । उनले २०११ मा ५ करोड अमेरिकी डलर खर्चेर अर्कान्सासको बेन्टनभिलमा ‘क्रिस्टल ब्रिज म्युजियम अफ अमेरिकन आर्ट’ भवन स्थापना गरेकी थिइन् । यो गैरनाफामूलक संग्रहालयमा महान् अमेरिकी कलाकार एन्डी वार्हल, नोर्म्यान रकवेल, जर्जिया ओकेफीलगायतका चित्रलाई उनले सजाएर राखेकी छिन् । एलिसले अहिले १ अर्ब डलरभन्दा बढीका कलाकृति यस संग्रहालयमा ल्याएर सजाइसकेकी छन् । सन् २०१४ मा एलिसले प्रसिद्ध कलाकार जर्जिया ओकिफद्वारा सिर्जित फूलको एउटा चित्रकला किन्न ४ करोड ४४ लाख डलर खर्च गरेकी थिइन् । महिला कलाकारको कलाकृति बिक्रीमा यो इतिहासकै सबैभन्दा महँगो मूल्य हो । उनले उक्त ऐतिहासिक चित्रकला अर्कान्सासस्थित आफ्नै म्युजियममा प्रदर्शनका लागि राखेकी छन् । एलिसले कला क्षेत्र मात्र नभई शिक्षा, स्वास्थ्य र विभिन्न सामाजिक कार्यमा समेत करोडौं डलर दान गर्दै आएकी छन् । उनले सन् २०१६ जनवरीमा आफ्नै स्वामित्वका ३७ लाख वालमार्ट सेयर (त्यस बेलाको मूल्य करिब २२ करोड ५० लाख डलर) परिवारको परोपकारी संस्था ‘वाल्टन फ्यामिली फाउन्डेसन’ लाई प्रदान गरेकी थिइन् । त्यसको अर्को वर्ष फाउन्डेसनले अर्कान्सास विश्वविद्यालयलाई स्कुल अफ आर्ट स्थापना गर्न १२ करोड डलर सहयोग गरेको थियो । सन् २०२१ मा स्थापना भएको ‘एलिस एल वाल्टर स्कुल अफ मेडिसिन’ले कला र मानवीय मूल्यसहितको परम्परागत चिकित्सा शिक्षा अध्ययन गराउँदै आएको छ । उक्त मेडिकल कलेजले आफ्ना पहिलो पाँच ब्याचका विद्यार्थीका लागि पूर्ण रूपमा छात्रवृत्ति दिने घोषणासमेत गरेको छ । एलिसको परिवार लामो समयदेखि नै अमेरिकाको रिपब्लिकन पार्टीको समर्थक हो । एलिसले पनि यस पार्टीका उम्मेदवारलाई निरन्तर सहयोग गर्दै आएकी छन् । तर सन् २०१६ मा हिलारी क्लिन्टनको राष्ट्रपतीय चुनावमा सहयोग गर्न स्थापित कोषमा उनले ३ लाख ५३ हजार ४ सय डलर चन्दा दिएकी थिइन् । क्लिन्टन कुनै समय वालमार्टको बोर्डमा बस्ने एक मात्र महिला थिइन् । उनी प्रथम महिला हुँदादेखि नै एलिससँग राम्रो सम्बन्ध थियो । कुनै समय टेक्ससको घोडा प्रजनन क्षेत्रमा समेत एलिस सक्रिय थिइन् । सन् २०१५ मा कला क्षेत्रमा थप समय दिने लक्ष्यसहित यस कार्यबाट अलग भएको घोषणा गरिन् । ‘म धेरै दिशामा भड्किएँ । अब ध्यान केन्द्रित गर्न चाहन्छु,’ उनले सन् २०१७ मा भनेकी थिइन् । त्यसपछि एलिसले सन् २०१७ मा टेक्ससस्थित आफ्नो पशु फार्म बिक्री गरिन् भने अर्को वर्ष अर्को ठूलो फार्म पनि बिक्रीका लागि रािखन् । एलिस कहिलेकाहीं विवादमा पनि आउने गरेकी छन् । वालमार्टले आफ्ना लाखौं कर्मचारीलाई न्यून ज्याला दिने गरेको भन्दै पटक–पटक न्युयोर्कस्थित उनको अपार्टमेन्टबाहिर प्रदर्शनसमेत भएको थियो । सन् १९९८ मा मादक पदार्थ सेवन गरेर एलिसले आफ्नो घरनजिकको ग्यास मिटर र टेलिफोन बक्समा ठोक्काएकी थिइन् । त्यस बेला उनको नाकमा पनि चोट लागेको थियो । यस घटनामा दोषी पाइए पनि उनलाई जरिवाना मात्रै गरेर छाडिएको भन्दै ठूलो आलोचना भएको थियो । कालान्तरमा एलिसले यस घटनालाई लिएर आफूलाई गहिरो पश्चाताप भएको बताएकी थिइन् । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर
Latest NewsJust now

नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर

उनले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। ...

हाम्राकुरा
कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन
Latest NewsJust now

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर–१ मा अभियान चलाएर ११८ गोठ भत्काइए, तर केही पुनः बनेका छन्। ...

कान्तिपुर
ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय
Latest NewsJust now

ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थापन ९प्रोभिजनिङ० को विद्यमान व्यवस्था अव्यावहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पुनरावलोकन गर्न माग गरेको छ । परिसंघका अध्यक्ष राजेश उपाध्यायले आर्थिक मन्दी तथा प्रतिकूल आर्थिक परिस्थितिका कारण ऋण भुक्तानी गर्न नसकेका व्यवसायी र नियतवश ऋण नतिर्ने व्यवसायीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए । ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play