Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

Share:WhatsAppFacebookX (Twitter)Telegram
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू
Photo / Coverage: नेपालन्युज

नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि संघीय सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका जिल्लामा प्रदूषण नियन्त्रणका कडा उपाय लागू गरेको छ । वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ (जीआरएपी) को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो । राजधानी र आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोग (सीएक्यूएम) द्वारा जारी विज्ञप्तिअनुसार, प्रतिकूल मौसमी अवस्थाका कारण प्रदूषक तत्त्वहरू वायुमण्डलमा फैलिन नसक्दा नोभेम्बर ६ मा दिल्लीको वायु गुणस्तर सूचकांक (एक्यूआई) ३८२ पुगेको थियो । यो स्तर अत्यन्त खराब श्रेणीमा पर्छ । आयोगले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा तत्काल लागू हुने गरी जीआरएपीको तेस्रो चरण कार्यान्वयनमा ल्याएको जनाएको छ । साथै, सम्बन्धित क्षेत्रका प्रदूषण नियन्त्रण निकायलाई यी उपाय कडाइका साथ पालना गराउन निर्देशन दिएको छ । तेस्रो चरणअन्तर्गत अत्यावश्यकबाहेकका सबै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ । यसमा उत्खनन्, माटो पुर्ने, बोरिङ, ड्रिलिङ, पाइलिङ, इँटा लगाउने, चिनाइ, सडक निर्माण तथा ठूला मर्मतसम्भारका काम समावेश छन् । त्यसैगरी, दिल्ली र आसपासका राष्ट्रिय राजधानी क्षेत्रका जिल्लामा बीएस–३ मापदण्डका पेट्रोल तथा बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बीएस अर्थात् भारत स्टेज सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि सरकारले निर्धारण गरेको उत्सर्जन मापदण्ड हो । स्वास्थ्य विज्ञहरूले स्थानीय बासिन्दालाई बिहान सबेरै र सूर्यास्तपछि बाहिर निस्केर गरिने गतिविधि नगर्न तथा लामो समयसम्म वा बढी शारीरिक श्रम गर्नुपर्ने कामबाट जोगिन सुझाव दिएका छन् । श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई घरबाहिरका सबै प्रकारका शारीरिक गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ । दिल्ली विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरमध्ये एक हो । औद्योगिक गतिविधि, सवारीसाधनको चाप र व्यापक निर्माण कार्य यहाँको वायु प्रदूषणका प्रमुख कारण हुन् । विगतका वर्षहरूमा पनि जाडो मौसम सुरु हुनुअघि दिल्लीको वायु गुणस्तर अत्यन्त खराब अवस्थामा पुग्ने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा डेविड वार्नरको अर्धशतक
Latest NewsJust now

एनपीएलमा डेविड वार्नरको अर्धशतक

अस्ट्रेलियन क्रिकेटर डेविड वार्ननरले नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक प्रहार गरेका छन्।  शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजको तर्फबाट वार्नरले अर्धशतक बनाएका हुन्। उनले ३३ बलमा ५२ रन प्रहार गरे।  एनपीएलमा यो उनको दोस्रो खेल हो। पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ४४ रनको पारी खेलेका थिए।&nbsp... ...

नेपालखबर
लुम्बिनीविरुद्ध वार्नरको अर्धशतक पूरा
Latest NewsJust now

लुम्बिनीविरुद्ध वार्नरको अर्धशतक पूरा

काठमाडौँ । शनिबार लुम्बिनीविरुद्ध सुरुमा ब्याटिङमा उत्रिएको काठमान्डु गुर्खाजले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । उसले ९ ओभरको खेल चलिहरँदा कुनै पनि विकेट गुमाएको छैन भने डेबिड वार्नरले शानदार अर्धशतक बनाएका छन्... ...

रातोपाटी
घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि
Latest NewsJust now

घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट चाँगुनारायण नगरपालिका-९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर बढी रकममा फूल किन्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो ।  आजदेखि तिहार सुरु भएको छ भने शुक्रबार धनतेरस सुरु भएसँगै बजारमा उपभोक्ताको भीड बढेको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play