Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
वाई-फाई नेपालले सार्वजनिक गर्‍यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा
Photo / Coverage: टेक्नोलोजी खबर

इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटसम्बन्धी विभिन्न जानकारी र सेवाहरू अब सजिलै आफ्नै मोबाइलबाट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकहरूलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाई-फाईको नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणहरू हेर्न र इन्टरनेट प्रयोगको विवरण थाहा पाउन सक्नेछन्। त्यसैगरी, ग्राहकहरूले नेटटीभी तथा राउटरसम्बन्धी जानकारी हेर्नुका साथै कुनै समस्या आएमा समाधानका लागि सपोर्ट टिकट समेत पठाउन सकिन्छ। यस एपले ग्राहकहरूलाई सामान्य कामका लागि बारम्बार फोन गर्नुपर्ने झन्झट कम गर्नुका साथै आवश्यक सेवा र जानकारी आफ्नै मोबाइलबाट छिटो र सजिलै प्राप्त गर्न मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ। कम्पनी आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवा मात्र नभई त्यससँग जोडिएका सबै सुविधा पनि सहज रूपमा उपलब्ध गराउन चाहन्छ। वाई-फाई नेपाल एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेट आफैँ व्यवस्थापन गर्न र आवश्यक जानकारी जुनसुकै समयमा सजिलै प्राप्त गर्न सक्नेछन्। ग्राहकको सेवा अनुभवलाई अझ राम्रो बनाउने प्रयासको यो अर्को कदम हो। The post वाई-फाई नेपालले सार्वजनिक गर्‍यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना नियन्त्रणमा
TechnologyJust now

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना नियन्त्रणमा

सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित घटनाबारे गलत तथा भ्रामक सूचना फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरूमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गढहिया दुमरीका ३२ वर्षीय आलम बैठा रहेका कार्यालयका सूचना अधिकारी वेद प्रसाद गौतमले जानकारी दिए। प्रहरीका अनुसार पासवानले आफ्नो व्यक्तिगत फेसबुक खातामार्फत र बेठाले आफूले सञ्चालन गरेको फेसबुक पेजमार्फत भ्रामक ...

टेक्नोलोजी खबर
मंसिर ५-६ गते नास-आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने
TechnologyJust now

मंसिर ५-६ गते नास-आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास–आईटी) ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्सपो २०२६’ आयोजना गर्ने भएको छ ।मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना हुने दुईदिने एक्सपोमा ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने जानकारी दिए ।यस ...

आइसिटी समाचार
आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित
TechnologyJust now

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

काठमाडौं । रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गर्नुभयो ।सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय ...

आइसिटी समाचार
कर प्रशासन डिजिटल बनाउनेदेखि कर विवाद समाधानसम्म सरकारको जोड : अर्थमन्त्री वाग्ले
TechnologyJust now

कर प्रशासन डिजिटल बनाउनेदेखि कर विवाद समाधानसम्म सरकारको जोड : अर्थमन्त्री वाग्ले

१ मंसिर, काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने बताएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले कर प्रशासनको डिजिटल रूपान्तरण, कर अनुपालना अभिवृद्धि तथा कर विवाद समाधान र कर न्यायलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले कर प्रशासनको डिजिटल रूपान्तरण र स्वचालनलाई समग्र सुशासनको महत्त्वपूर्ण […] The post कर प्रशासन ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play