Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

वर्तमान सरकारले जनताको अधिकार र उपलब्धिमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
वर्तमान सरकारले जनताको अधिकार र उपलब्धिमाथि प्रहार गरिरहेको छ : प्रचण्ड
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि तथा जनताका अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । शनिबार नेकपा उपत्यका प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले नयाँ सरकार भनिए पनि समावेशिता र प्रतिनिधित्वका अधिकार कमजोर बनाउने गतिविधि भइरहेको बताएका हुन् । उनले मजदुर, सुकुम्बासी, कर्मचारी, विद्यार्थी र शिक्षकदेखि सुरक्षा निकाय तथा न्यायपालिकासम्म अन्योल, त्रास र दबाबको वातावरण देखिएको दाबी गरे । प्रचण्डले तत्कालीन राजनीतिक अवस्थालाई मात्रै नहेरी दीर्घकालीन दृष्टिकोणका साथ देशभित्र संयुक्त मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिए । देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले नेपालमा वामपन्थी जनमत ठूलो भए पनि त्यसलाई एकताबद्ध नगरेसम्म समाजवादको ढोका खोल्न नसकिने बताए । अघिल्लो कम्युनिस्ट एकता जोगाउन नसकिए पनि अब साना–ठूला सबै कम्युनिस्ट घटकलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ । सकारात्मक र रचनात्मक संवादमार्फत अन्य राजनीतिक शक्तिलाई समेत एकता र ध्रुवीकरणमा सहभागी गराउने प्रयास जारी रहेको उनले बताए । प्रचण्डले विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै एकताको झन्डामुनि केन्द्रित हुने उद्देश्यले विभिन्न पक्षसँग सहकार्य र संवाद भइरहेको जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने
Latest NewsJust now

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक... ...

रातोपाटी
संसदलाई पूर्ण डिजिटल बनाउने अभियानमा छौँ : सभामुख अर्याल
Latest NewsJust now

संसदलाई पूर्ण डिजिटल बनाउने अभियानमा छौँ : सभामुख अर्याल

इमान सिं रानारामपुर (पाल्पा), मङ्सिर १३ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसदलाई पूर्ण डिजिटल र प्रविधिमैत्री बनाउने अभियान अघि बढाइएको बताउनुभएको छ । संसद्का ग... ...

गोरखापत्र
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं: प्रचण्ड
Latest NewsJust now

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा राष्ट्रिय जागरण अभियान अघि बढाइएको बताएका छन् । उपत्यका प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ गर्दै संगठन पुनर्निर्माण गर्ने उद्देश्यले दुईमहिने अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार अभियानमार्फत पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, आगामी स्थानीय निर्वाचनको तयारी र ...

कर्पोरट खबर
कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार
Latest NewsJust now

कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार

१–पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग नगर्न देउवा समूहलाई कांग्रेसको चेतावनी,कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनको तयारी तीव्र २–कर्णाली प्रदेशले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहने रास्वपाका सभापति रवि लामिछानेको उद्घोष,रास्वपाका कार्यकर्तालाई जनताले ‘झोले’ नभनुन भनेर फाइल र डायरी दिइने ३–मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन,‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट उपेन्द्र पौड्याल सम्मानित४सुकुम्बासी होल्डिङ सेन्टरभित्र सहयोगस्वरूप ल्याइएको खाना भित्र प्रवेश गर्न ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement