Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

वन संरक्षणसँगै कार्बन व्यापारमा नेपालको ठूलो कदम, २५ लाख हेक्टर वन समेटिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
वन संरक्षणसँगै कार्बन व्यापारमा नेपालको ठूलो कदम, २५ लाख हेक्टर वन समेटिँदै
Photo / Coverage: केन्द्रबिन्दु

टर्किए । नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ । कोप–३१ को अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र साउथ पोलबीच आज भएको सहमतिअनुसार तीन प्रदेशमा क्षेत्रगत वन कार्बन कार्यक्रम (जे–रेड्ड प्लस) सञ्चालन गरिनेछ । प्रारम्भिक चरणमा तीन प्रदेशमा कार्यान्वयन हुने यो कार्यक्रम क्रमशः देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । आर्किटेक्चर फर रेड्ड प्लस ट्रान्ज्याक्सन्स (एआरटी) को ट्रिज मापदण्डअनुसार विकास गरिने कार्यक्रमले वन विनाश तथा क्षयीकरणबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउने, दिगो वन व्यवस्थापनलाई प्रवर्द्धन गर्ने र वन डढेलो नियन्त्रण प्रभावकारी बनाउने लक्ष्य राखेको छ । कार्यक्रममार्फत अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको अन्तर्राष्ट्रिय उड्डयनका लागि कार्बन अफसेटिङ तथा न्यूनीकरण योजना (कोर्सिया) र पेरिस सम्झौताको धारा ६ अन्तर्गत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने वन कार्बन क्रेडिट उत्पादन गरिनेछ । सहमतिअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा नियामक संरचना निर्माण, कार्बन तथा भूमिसम्बन्धी अधिकारको सुनिश्चितता, सुरक्षा मापदण्ड र लाभ बाँडफाँटको व्यवस्था गरिनेछ । साथै, स्थानीय समुदायको स्वतन्त्र, पूर्वसूचित तथा सुसूचित सहमति प्राप्त गर्ने प्रक्रिया पनि विकास गरिनेछ । साउथ पोलले कार्यक्रमको प्राविधिक डिजाइन, लगानी संरचना निर्माण, मिश्रित वित्त परिचालन तथा उत्पादित कार्बन क्रेडिटको अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा सहयोग गर्नेछ । उत्पादित कार्बन क्रेडिटलाई कोर्सिया र पेरिस सम्झौताको धारा ६ अन्तर्गत अन्तर्राष्ट्रिय खरिदकर्तासम्म पुर्‍याउने सहमतिमा उल्लेख छ । कृषिमन्त्री गीता चौधरीले सामुदायिक वन व्यवस्थापन र संरक्षणमा नेपालले अन्तर्राष्ट्रिय पहिचान बनाएको उल्लेख गर्दै यस सहकार्यले वन तथा पारिस्थितिक प्रणाली संरक्षणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले वनमा आश्रित आदिवासी तथा स्थानीय समुदायको संरक्षण, डढेलोको जोखिम न्यूनीकरण र युवा तथा महिलाका लागि दिगो आर्थिक अवसर सिर्जना गर्न कार्यक्रम महत्त्वपूर्ण हुने बताइन् । मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले तीन प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्र समेट्ने गरी कार्यक्रम संयुक्त रूपमा विकास गर्न लागिएको जानकारी दिए । उनका अनुसार दिगो वन व्यवस्थापन र पर्वतीय जलाधार संरक्षणका कार्यक्रममार्फत गरिब तथा सीमान्तकृत आदिवासी समुदायको जीविकोपार्जनका अवसर विस्तार गरिनेछ । साउथ पोलका प्रमुख कार्यकारी अधिकृत नादिया काद्दुरीले सन् २०२७ मा कोर्सियाको दोस्रो चरण सुरु हुनुअघि उच्च गुणस्तरका वन कार्बन क्रेडिटको आपूर्ति बढाउनुपर्ने बताइन् । नेपालको वन संरक्षणसम्बन्धी दृष्टिकोण र जलवायु प्राथमिकतामा निजी लगानी, प्राविधिक क्षमता तथा अन्तर्राष्ट्रिय बजारको पहुँच जोड्न यो सहकार्यले सहयोग गर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घका अनुसार कोर्सियाअन्तर्गतका दायित्व पूरा गर्न विमान कम्पनीहरूलाई हाल उपलब्ध आपूर्तिभन्दा तीन गुणाभन्दा बढी योग्य कार्बन एकाइ आवश्यक पर्ने विज्ञप्तिमा उल्लेख छ । सन् २०२७ मा योजनाको दोस्रो चरण सुरु हुने भएकाले वनसम्पन्न मुलुकका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालनको अवसर रहेको साउथ पोलले जनाएको छ । सन् २००६ मा स्थापना भएको साउथ पोलले विश्वभर तीन हजार पाँच सयभन्दा बढी संस्थालाई सेवा दिँदै आएको छ । संस्थाका अनुसार यसको पोर्टफोलियोमा ८५० भन्दा बढी कार्बन परियोजना छन् । साथै, हालसम्म २० करोड मेट्रिक टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्‍याएको छ । यस सहकार्यबाट वन संरक्षण, जलवायु अनुकूलन तथा वनमा निर्भर समुदायको जीविकोपार्जनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य, अशलङ्काको अर्धशतक
Latest NewsJust now

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य, अशलङ्काको अर्धशतक

उनले ४३ बलमा छ छक्का र एक चौकासहित ६४ रन बनाए । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन बनाए । ...

मकालु खबर
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन
Latest NewsJust now

पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन

• ताप्लेजुङको पाथीभरामा शनिबार ११,२७२ भक्तजनले दर्शन गरेका छन्, जबकि शुक्रबार ३,६२३ जना आएका थिए। • भक्तजनहरू नेपालका विभिन्न जिल्लासँगै भारतका सिक्किम र दार्जिलिङबाट पनि पाथीभरामा दर्शन गर्न आइरहेका छन्। • पाथीभरा समुद्री सतहदेखि ३,७९४ मिटरको उचाइमा रहेको धार्मिकस्थलमा दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिएको छ। ...

नेपालबहस
डेविड मिलर, वाट र तलातले गरे सगरमाथा आधार शिविरको भ्रमण
Latest NewsJust now

डेविड मिलर, वाट र तलातले गरे सगरमाथा आधार शिविरको भ्रमण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलेका तीन विदेशी खेलाडीले सगरमाथा आधार शिविरको भ्रमण गरेका छन् । दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र... ...

रातोपाटी
डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमा
Latest NewsJust now

डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमा

कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेलेका तीन चर्चित खेलाडीहरुले सगरमाथा आधार शिविरको अवलोकन गरेका छन्।  कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गराएको हो।  मिलरले विश्वको सर्वोच्च शिखरको अनुभव निकै रमाइलो र अविस्मरणीय भएको... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play