Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

Share:WhatsAppFacebookX (Twitter)Telegram
वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर
Photo / Coverage: नेपालन्युज

गण्डकी अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ । छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ । छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको प्रयास भए पनि वन्यजन्तुमाथि छाडा कुकुरको आक्रमण नरोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए। उनका अनुसार गत आव २०८२/८३ मा मनाङको हुम्डेमामा छाडा कुकुरको आक्रमणबाट चारवटा कस्तुरीमृग मरेका थिए । आव २०८१/८२ मा हुम्डेमै एउटा कस्तुरीमृग र आव २०८०/८१ मा मुस्ताङमा तीनवटा कस्तुरीमृग, एउटा स्याल, कास्कीको घान्द्रुकमा एउटा रतुवामृग र मनाङमा एउटा नाउरलाई छाडा कुकुरले सिकार गरेको थियो । “अन्नपूर्ण संरक्षण क्षेत्रका वन्यजन्तु बर्सेनि छाडा कुकुरको सिकार बन्ने गरेका छन्”, आयोजना प्रमुख डा कडरियाले भने, “कुकुर नियन्त्रणका लागि गत वर्ष मात्र ३५५ कुकुरको बन्ध्याकरण गरिएको थियो ।” हिंस्रक स्वभाव भएका र बेवारिसे छाडिएका घरपालुवा कुकुरले वन्यजन्तुमाथि आक्रमण गर्ने गरेको उनको भनाइ छ । छाडा कुकुरले घरपालुवा जनावरमाथि पनि आक्रमण गर्ने गरेको स्थानीयवासी बताउँछन् । छाडा कुकुरले हिमाली तथा उच्च पहाडी भेगमा चौरीमा बाच्छाबाच्छीमाथि बढी आक्रमण गर्ने गरेका छ । आयोजना प्रमुख डा कडरियाले संरक्षण क्षेत्रको भ्रमणमा आउने गरेका पर्यटकलाई पनि त्यस्ता कुकुरले दुःख दिने गरेको सुनाए । कुकुरलाई छाडा नछोड्न समुदायमा सचेतना अभियान पनि सञ्चालन गर्ने गरिएको उनको भनाइ छ । छाडा कुकुरको आक्रमणसँगै अवैध चौरीसिकार, सवारीसाधनको ठक्कर आदि कारणले पनि यस क्षेत्रमा वन्यजन्तु मर्ने गरेका छन् । आयोजना कार्यालयको आँकडा अनुसार पछिल्लो तीन वर्षमा २५ वन्यजन्तुको अवैध सिकार गरिएको थियो भने सात वन्यजन्तु सवारीसाधनको ठक्करबाट मरेका थिए । “बढीजसो पासो थापेर र घरेलु बन्दुक प्रयोग गरेर वन्यजन्तुको सिकार गर्ने गरिएको छ”, आयोजना प्रमुख डा कडरियाले भने, “चोरीसकार नियन्त्रणका लागि सुरक्षा गस्ती बढाइएको छ, ड्रोनबाटसमेत निगरानी गर्ने गरिएको छ ।” कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ । यस क्षेत्र हिउँचितुवा, कस्तुरीमृग, नाउर, हिमाली थारजस्ता जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ । यहाँ विभिन्न प्रकारका स्तनधारी वन्यजन्तु, दुर्लभ पक्षी तथा सरिसृपहरू पाइने आयोजना प्रमुख डा कडरियाले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ। टर्कीको राजधानी अन्ताल्यामा जारी कोप-३१ का क्रममा दुई देशबीच सम्झौता भएको हो।  पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविध... ...

नेपालखबर
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने
Latest NewsJust now

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए । ...

कान्तिपुर
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

टर्की – नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको सम्झौताले २ देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना […] ...

काठमाण्डुपाटी
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त
Latest NewsJust now

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्सम्यानले संघर्ष गरे । सुस्त... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play