Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह
Photo / Coverage: कर्पोरट खबर

टर्की । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि हरित हाइड्रोजन र हरित युरिया उत्पादनमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदारसँग आग्रह गरेकी छिन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण र खाद्य सुरक्षाका लागि हरित हाइड्रोजन तथा हरित युरियाको वित्तीय व्यवस्थापन विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले नेपालमा हरित युरिया उद्योग स्थापना गर्न आवश्यक वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउन आग्रह गरिन । मन्त्री चौधरीले नेपालले वार्षिक ६ लाखदेखि ८ लाख मेट्रिकटनसम्म रासायनिक मल आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पश्चिम एसियामा भएको द्वन्द्वका कारण युरियाको मूल्य प्रतिमेट्रिकटन ५१९ अमेरिकी डलरबाट बढेर ९०० अमेरिकी डलर पुगेको बताइन् । मलको अन्तर्राष्ट्रिय मूल्यमा हुने उतारचढावले नेपालको कृषि उत्पादन र खाद्य सुरक्षामा प्रत्यक्ष असर पार्ने उनको भनाइ थियो । “नेपालमा एकातिर रासायनिक मल आयातमा ठूलो रकम खर्च भइरहेको छ भने अर्कोतर्फ उपयोग हुन नसकेर स्वच्छ जलविद्युत् खेर गइरहेको छ । यस्तो अवस्थामा जलविद्युतको उपयोग गरी हरित हाइड्रोजन उत्पादन र त्यसबाट हरित युरिया निर्माण गर्न सकिन्छ,” मन्त्री चौधरीले भनिन् । उनले नेपालले सन् २०२४ मा हरित हाइड्रोजन नीति स्वीकृत गरिसकेको बताइन् । हरित युरिया उत्पादनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौती रहेको भन्दै मन्त्री चौधरीले एसियाली विकास बैङ्क (एडिबी), जिजिजिआई, ग्रिन क्लाइमेट फन्डलगायत विकास साझेदारलाई नेपालको पहिलो हरित युरिया उद्योग स्थापनाका लागि सहवित्तीयकरण गर्न आह्वान गरिन् । हरित मल उत्पादनले कार्बन उत्सर्जन घटाउनुका साथै खाद्य प्रणालीलाई सुरक्षित बनाउने भएकाले यसलाई जलवायु न्यूनीकरण र अनुकूलन दुवै क्षेत्रको वित्तीय सहयोगका लागि योग्य बनाउनुपर्ने उनको भनाइ थियो । The post वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
Latest NewsJust now

आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गरिएको छ । आगामी मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने... ...

रातोपाटी
१२ बजे १२ समाचार : हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’, सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार
Latest NewsJust now

१२ बजे १२ समाचार : हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’, सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ः १. हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी... ...

रातोपाटी
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट
Latest NewsJust now

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबिच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६... ...

रातोपाटी
कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी
Latest NewsJust now

कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा अज्ञात समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी आगजनी गरेको प्रहरीले जनाएको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play