प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै-झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडी दुई पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका-५ का ५ जना र भीमदत्त नगरपालिका-१७ का एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्त नगरपालिका-१७ का २५ वर्षीय विशाल कोली रहेका छन् । वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गरी उक्त विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
वडा प्रहरी परिसरमै कुटाकुट, ६ जना पक्राउ

Read Complete Original Article
Published originally on पर्दाफास






