जलवायु न्यायको कुरा गर्दा यसबाट सबैभन्दा प्रभावित किशोरी तथा महिलाका मुद्दा मुलधारमा हुन्छन् की किनाराकृत गरिन्छन् ? महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहदाँ यो वर्ष यसमा गम्भीर बहस हुनु जरुरी छ । जलवायुजन्य विपद्का कारण खडेरी तथा पानीका स्रोत सुक्दै जाँदा महिलाहरू पानी तथा दाउरा संकलनका लागि लामो दूरी हिँड्न बाध्य हुन्छन् । यसले उनीहरूको श्रमभार बढाउनुका साथै असुरक्षाको जोखिमसमेत बढाउनसक्छ । कृषि उत्पादनमा कमी, खाद्य असुरक्षा र आम्दानीका स्रोत गुम्दा परिवारमा आर्थिक तनाव र द्वन्द्व उत्पन्न हुनसक्छ, जसले घरेलु हिंसाको जोखिमलाई थप जटिल बनाउन सक्छ । आर्थिक संकट र विस्थापनका कारण बालविवाह तथा जबर्जस्ती विवाहको जोखिमसमेत बढ्न सक्छ । विपद्का समयमा महिला तथा किशोरीहरू विभिन्न प्रकारका हिंसा र असुरक्षाको जोखिममा पर्न सक्छन् । बाढीपहिरो तथा अन्य विपद्का कारण परिवार विस्थापित हुँदा उनीहरू अस्थायी आश्रयस्थल वा राहत शिविरमा बस्न बाध्य हुन्छन् । यस्ता स्थानमा पर्याप्त गोपनीयता, सुरक्षित शौचालय, स्नानगृह, प्रकाश तथा सुरक्षित आवासको व्यवस्था नहुँदा यौन दुर्व्यवहार, उत्पीडन र अन्य लैंगिक हिंसाको जोखिम बढ्न सक्छ । विशेषगरी किशोरी, गर्भवती महिला, एकल महिला तथा अपांगता भएका महिलाका लागि सुरक्षित र पहुँचयोग्य सेवा उपलब्ध नहुँदा जोखिम थप जटिल बन्नसक्छ । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका कार्यक्रमहरूमा लैंगिक हिंसा रोकथाम र सम्बोधनलाई प्राथमिकता दिनुपर्छ । विपद् प्रभावित क्षेत्रमा सुरक्षित तथा पहुँचयोग्य आश्रयस्थल, शौचालय, पर्याप्त प्रकाश र गोपनीयताको व्यवस्था सुनिश्चित गर्नुपर्छ । साथै, गोप्य उजुरी संयन्त्र, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, कानुनी सहायता तथा प्रभावकारी सेवा रेफरल प्रणाली उपलब्ध हुनुपर्छ । लैगिक हिंसाविरुद्धको अभियान र जलवायु न्यायहरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान महिला तथा किशोरीमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सामूहिक प्रतिबद्धता र कार्यका लागि महत्त्वपूर्ण अवसर हो । सन् २०२६ को अन्तर्राष्ट्रिय अभियानको नारा ‘महिला तथा बालिकामाथिको हिंसा अन्त्य गर्न एकजुट बनौं : न्याय सुनिश्चित गरौं, प्रभावित व्यक्तिको संरक्षण गरौं र दण्डहीनताको अन्त्य गरौं,’ भन्ने रहेको छ । नेपालको यस वर्षको राष्ट्रिय नाराले पनि हिंसाविरुद्धको एकता, प्रभावित व्यक्तिको संरक्षण र न्याय सुनिश्चित गर्ने सवाललाई जोड दिएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानलाई केवल सचेतना अभिवृद्धि गर्ने कार्यक्रमका रूपमा सीमित नराखी जलवायु परिवर्तन र विपद्का कारण महिला तथा किशोरीले सामना गर्ने हिंसा र असुरक्षाका जोखिमबारे बहस गर्ने अवसरका रूपमा पनि उपयोग गर्नुपर्छ । जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, राहत वितरण तथा पुनर्स्थापनाका सबै चरणमा लैंगिक हिंसा रोकथाम र सम्बोधनलाई अभिन्न अंग बनाउन आवश्यक छ । नेपाल जलवायु परिवर्तन तथा विपद्को उच्च जोखिममा रहेको देश हो । हिमाली क्षेत्रमा हिमनदी तथा हिमतालमा आउने परिवर्तन, पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी तथा डुबानले समुदायको जीवन र जीविकोपार्जन प्रभावित पारिरहेका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा कृषि, वन तथा प्राकृतिक स्रोतमा निर्भर महिलाहरू यसबाट बढी प्रभावित हुनसक्छन् । नेपालमा लैंगिक हिंसाको विद्यमान अवस्थाले पनि यस विषयको गम्भीरता उजागर गर्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षको उमेरपछि आफ्नो जीवनको कुनै न कुनै समयमा शारीरिक हिंसा अनुभव गरेका छन् । त्यसैगरी, जीवनमा पति वा अन्तरंग साथी भएका महिलामध्ये २७ प्रतिशतले आफ्ना वर्तमान वा पछिल्लो पति/अन्तरंग साथीबाट १२ प्रतिशतले शारीरिक, ४ प्रतिशतले यौनिक र १० प्रतिशतले भावनात्मक हिंसा अनुभव गरेको बताएको सर्वेक्षणमा उल्लेख छ । यी तथ्यांकले जलवायु परिवर्तनका कारण सिर्जना हुने थप जोखिमलाई सम्बोधन गर्दा विद्यमान लैंगिक असमानता र हिंसाको अवस्थालाई पनि ध्यान दिनुपर्ने आवश्यकता देखाउँछन् । सेल्टरदेखि पुनर्स्थापनासम्म लैंगिक हिंसाको जोखिमनेपालका बाढीपहिरो प्रभावित समुदायको अनुभवले पनि यस विषयलाई थप सान्दर्भिक बनाउँछ । उदाहरणका लागि, रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि विस्थापित परिवारलाई नुवाकोटको विदुरलगायत स्थानमा अस्थायी रूपमा व्यवस्थापन गर्नुपरेको अवस्था सम्झन सकिन्छ । यस्ता परिस्थितिमा घरबार गुमाएका परिवारलाई आश्रय, खाद्यान्न र आधारभूत सामग्री उपलब्ध गराउनु जति आवश्यक हुन्छ, महिला तथा बालबालिकाका लागि सुरक्षित आवास, शौचालय, गोपनीयता, स्वास्थ्य सेवा र संरक्षणको व्यवस्था गर्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ । राहत तथा पुनर्स्थापनाका क्रममा यी आवश्यकतालाई बेवास्ता गरिएमा महिला तथा किशोरीहरू थप असुरक्षित बन्नसक्छन् । यसको अर्थ विपद् प्रभावित सबै स्थानमा हिंसा भएको छ भन्ने होइन, बरू विपद्का समयमा सम्भावित जोखिम पहिचान र रोकथामका उपाय अपनाउनुपर्छ भन्ने हो । जलवायु परिवर्तनसँग जुध्नु भनेको प्राकृतिक स्रोत र भौतिक संरचनाको संरक्षणमात्र होइन मानव जीवन, अधिकार, सुरक्षा र सम्मानको संरक्षण हो । घर, सडक र पुलको पुनर्निर्माणसँगै महिलाको सुरक्षा, आत्मसम्मान, जीविकोपार्जन र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नु उत्तिकै महत्त्वपूर्ण छ । जलवायु अनुकूलनका प्रयासहरू लैंगिक उत्तरदायी, समावेशी र हिंसामुक्त हुनसकेमात्र दिगो तथा न्यायपूर्ण समाज निर्माण सम्भव हुन्छ । यसका साथै, सबै महिलाले जलवायु परिवर्तनको प्रभाव समान रूपमा भोग्दैनन् । दलित महिला, आदिवासी जनजाति महिला, अपांगता भएका महिला, एकल महिला तथा विपन्न परिवारका किशोरीहरूले लैंगिक विभेदसँगै जातीय, सामाजिक, आर्थिक र भौतिक अवरोधसमेत सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले जलवायु परिवर्तन र लैंगिक हिंसाको सम्बन्धलाई विश्लेषण गर्दा अन्तरसम्बन्धीय दृष्टिकोण अपनाउनु आवश्यक छ ।जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका कार्यक्रममा लैंगिक हिंसा रोकथाम र सम्बोधनलाई प्राथमिकता दिनुपर्छ । विपद् प्रभावित क्षेत्रमा सुरक्षित तथा पहुँचयोग्य आश्रयस्थल, शौचालय, पर्याप्त प्रकाश र गोपनीयताको व्यवस्था सुनिश्चित गर्नुपर्छ । साथै, गोप्य उजुरी संयन्त्र, स्वास्थ्योपचार, मनोसामाजिक सहयोग, कानुनी सहायता तथा प्रभावकारी सेवा रेफरल प्रणाली उपलब्ध हुनुपर्छ । जोखिमको केन्द्रमा महिला तथा किशोरी, सम्बोधनमा ?जलवायु परिवर्तन आज विश्वले सामना गरिरहेको गम्भीर चुनौती हो । बढ्दो तापक्रम, अनियमित वर्षा, खडेरी, बाढीपहिरो तथा डढेलोजस्ता जलवायुजन्य विपद्ले मानव जीवन, जीविकोपार्जन, खाद्य सुरक्षा र प्राकृतिक स्रोतमा गम्भीर असर पारिरहेका छन् । तर यसको प्रभाव सबै व्यक्ति र समुदायमा समान हुँदैन । विद्यमान लैंगिक असमानता, सामाजिक विभेद र आर्थिक निर्भरताका कारण महिला, किशोरी तथा सीमान्तकृत समुदायले जलवायु परिवर्तनको प्रभाव अझ बढी भोग्नुपरेको छ । यसको असर उनीहरूको जीविकोपार्जनमा मात्र सीमित छैन, सुरक्षा, मर्यादा, अधिकार र हिंसामुक्त जीवन बाँच्ने अवसरमा समेत परेको छ । जलवायु परिवर्तन र लैंगिक हिंसाबीचको सम्बन्ध प्रायः कम चर्चा हुने तर महत्त्वपूर्ण विषय हो । तर, के जोखिमको केन्द्रमा रहेका महिला किशोरी तथा सीमान्तकृत समुदायका मुद्दा यससम्बन्धी हुने हरेक छलफलको केन्द्रमा छन ? जलवायु परिवर्तन आफैंमा लैंगिक हिंसाको प्रत्यक्ष कारण नभए पनि यसले विद्यमान सामाजिक, आर्थिक तथा लैंगिक असमानतालाई गहिरो बनाउँदै महिला तथा किशोरीमाथि हुने हिंसा र शोषणको जोखिम बढाउन सक्छ । त्यसैले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नभई लैंगिक न्याय, सामाजिक न्याय र मानव अधिकारसँग जोडिएको सवालका रूपमा बुझ्न आवश्यक छ । यसका हरेक मञ्चमा महिलाका मुद्दा मुल विषय बन्न जरुरी छ, महिला सहभागिताका साथै नेतृत्व आवश्यक छ । जलवायु न्यायमा महिला नेतृत्व तथा समावेशी पहलस्थानीय तहका जलवायु अनुकूलन योजना तथा विपद् व्यवस्थापन नीतिमा लैंगक हिंसाको जोखिम मूल्यांकन समावेश गरी आवश्यक बजेट विनियोजन गर्नुपर्छ । महिला तथा किशोरीको अर्थपूर्ण सहभागिता, विशेषगरी दलित तथा आदिवासी जनजाति महिलाको नेतृत्वलाई प्रोत्साहन गर्नुपर्छ । महिलालाई प्रभावित समूहका रूपमा मात्र नभई जलवायु अनुकूलन, सामुदायिक वन व्यवस्थापन, प्राकृतिक स्रोत संरक्षण र निर्णय प्रक्रियाका नेतृत्वकर्ताका रूपमा स्थापित गर्न आवश्यक छ । जलवायु परिवर्तनसँग जुध्नुभनेको प्राकृतिक स्रोत र भौतिक संरचनाको संरक्षणमात्र होइन मानव जीवन, अधिकार, सुरक्षा र सम्मानको संरक्षण हो । घर, सडक र पुलको पुनर्निर्माणसँगै महिलाको सुरक्षा, आत्मसम्मान, जीविकोपार्जन र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नु उत्तिकै महत्त्वपूर्ण छ । जलवायु अनुकूलनका प्रयासहरू लैंगिक उत्तरदायी, समावेशी र हिंसामुक्त हुनसकेमात्र दिगो तथा न्यायपूर्ण समाज निर्माण सम्भव हुन्छ । लैंगिक न्यायबिनाको जलवायु न्याय अधुरो हुन्छ, र हिंसामुक्त समाजबिनाको दिगो विकास सम्भव हुँदैन । यसकारण यसवर्षको महिला हिंसाविरुद्धको १६ दिने अभियान जलवायु संकट व्यहोरिरहेका समुदायका महिलाका पक्षमा समर्पण गरौं र सबै कार्यक्रम त्यसतर्फ केन्द्रित गरौं । (लेखक सुवेदी आरआरएनमा कार्यरत सामाजिक सुरक्षाविज्ञ हुनुहुन्छ) ।
लैंगिक न्यायबिना सम्भव छैन जलावायु न्याय

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






