काठमाडाैँ । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ। कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो। कोषले २०८३ भदौ १९ गतेदेखि लागू हुने गरी सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल हटाई लैजान सम्बन्धित सबैलाई अनुरोध गरेको छ।तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही हुनेसमेत कोषले चेतावनी दिएको छ।
लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन

Read Complete Original Article
Published originally on टक्सार






