Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनी र आनीमाथिको बैमानी !

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी र आनीमाथिको बैमानी !
Photo / Coverage: हिमालय टाइम्स

नयाँ चाहिने, खोज्ने र रोज्ने, तर पुरानो बिग्रेको बानी छोड्न पनि नसक्ने नेता, योजनाकार, पत्रकार, वकिल र विश्लेषकले सताइएको मुलुक बन्यो नेपाल । त्यस्तो नभएको हुन्थ्यो भने नव युवाहरूको सरकारले नयाँ सोच र शैलीले गरेका सुधारात्मक प्रयास केही समयसम्म हेरिन्थ्यो, बुझिन्थ्यो र सोही अनुसार बोलिन्थ्यो, लेखिन्थ्यो । आफू समयानुसार बदलिएर चल्न नसक्ने, पुरानै वाद र दलका दृश्य अदृश्य दाम्लाले बाँधिने, अनि नयाँले पनि पुरानै तरिकाले शासन चलाए हुन्थ्यो भन्ने, सोच्ने र खोज्ने । यस्तो पनि कसरी सम्भव होला र चल्ला ? हुन्न, चल्दैन । त्यसैले नयाँले गरेका हरेक प्रयासमा पुराना नेता र उनका अनुचरले अपरिपक्व देख्छन् र लेख्छन् । हिजो आफूले जे गरिएको थियो, सोचिएको थियो, सोहीनुसार नयाँले पनि गरुन् भन्ने चाहन्छन् । तर त्यस्तो हुन्न । त्यसपछि बर्बराउँन थाल्छन् । अबको समय, समाज, सत्ता र दुनिया पुरानै पाराले चल्दैन । यति सामान्य विषय बुझ्न कुनै विश्वविद्यालयबाट विद्यावारिधि गर्न पर्दैन । लुम्बिनी जस्तो पवित्र भूमिले पनि मान्छेले झै बोल्न सक्थ्यो भने के भन्थ्यो होला ? सोचनीय विषय भयो यो । नेपाल जस्तो देशमा हुनु र आफ्नो नाममा गन्दा राजनीतिको धन्दा चलाइएको देख्दा के सोच्थ्यो होला ? कल्पनाकै विषय भयो यो पनि । साँच्चै भन्ने हो भने संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तको पहलमा सन् १९६७ बाट लुम्बिनीको पुनरोद्धारको प्रयास नगरिएको भए कस्तो रहन्थ्यो ? सबै सज्जन नेपालीले गम्भीर भएर सोच्नुपर्ने भयो । दुर्जनको त कुरै गर्न परेन । लुम्बिनी विकास कोषको उपाध्यक्षमा चर्चित गायिका एवं भिक्षुणी आनी छोइङ् डोल्मालाई सरकारले नियुक्त गरेपछि विवाद बढेको कारण त्यसैले हो । जसले पाउने आस गरेर आवेदन दिएका थिए उनीहरूले नियुक्ति पाएनन् । अनि जसले आवेदनै दिएकी थिइनन्, उनैलाई नियुक्ति दिएर तोकिएको मापदण्ड पूरा गरेका आवेदकहरूलाई झुक्याइयो भनेर । अझ त्यसभन्दा बढी आनीको नागरिकता र सम्पत्ति छानबिनमा समेत विवाद रहेको बताइएको छ । आफूमाथि लगाइएका आरोपका बारेमा आनीले सामाजिक सञ्जालबाटै जवाफ दिएकी छन्-सम्पत्ति सुद्धीकरण र नागरिकता दिने निकायमा गएर बुझ्न अनुरोध गरेर ।’ आनीको विरोध र समर्थन गर्नेहरूका आ-आफ्नै तर्क र स्वार्थ होलान् । तर त्यसले पुर्‍याउने क्षति सानो हुने छैन । किनकि दलीय दलालीकरणले ध्वस्त पारेका कोष, संस्था र संस्थानलाई चलाउन सोचेजस्तो सहज छैन । विश्वभरिका बुद्ध धर्मावलम्बी देशसहित संयुक्त राष्ट्र संघीय निकायबाट विश्वास आर्जन गर्न धेरै गाह्रो पारिएकाले । आजसम्म बनाउन भनेर नियुक्ति पाएर गएकाहरूबाट बिगार्नसम्म बिगारिएकाले । कसैले सम्हाल्नै नसक्ने गरी बदनाम गराइएकाले । लुम्बिनीजस्तो पवित्र भूमिले पनि मान्छेले झै बोल्न सक्थ्यो भने के भन्थ्यो होला ? सोचनीय विषय भयो यो । नेपाल जस्तो देशमा हुनु र आफ्नो नाममा गन्दा राजनीतिको धन्दा चलाइएको देख्दा के सोच्थ्यो होला ? कल्पनाकै विषय भयो यो पनि । साँच्चै भन्ने हो भने संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तको पहलमा सन् १९६७ बाट लुम्बिनीको पुनरोद्धारको प्रयास नगरिएको भए कस्तो रहन्थ्यो ? सबै सज्जन नेपालीले गम्भीर भएर सोच्नुपर्ने भयो । दुर्जनको त कुरै गर्न परेन । धन्न ऊ थान्त बुद्ध धर्मावलम्बी हुनाले उतिबेला नेपाल आएर लुम्बिनीको दुर्दशा देखेर धर्धरी रोएछन् । त्यसपछि विश्वचर्चित ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक एवं पर्यटकीय तथा पवित्र दर्शनीय तीर्थस्थल बनाउने प्रण गरेछन् । त्यसका लागि संयुक्त राष्ट्र संघकै मातहतमा रहनेगरी अन्तर्राष्ट्रिय समिति पनि बनाए छन् । लुम्बिनीको विकासका लागि जापानी वास्तुकलाविद् केञ्जो टाँगेलाई गुरु योजना बनाउन लगाएर आर्थिक एवं प्राविधिक सहयोग जुटाइदिने दरिलो आधार समेत तयार पारिदिएर । त्यसरी अन्तर्राष्ट्रिय समिति बनाइदिएर, बजेट जुटाउने बाटो खोलिदिएपछि लुम्बिनीको गुरु योजना बनाएर टाँगेले दिएको आधा शताब्दी पूरा हुनलाग्दा पनि कार्यान्वयन गर्न सकिएको छैन । यस्तो विषयमा कसैले लज्जाबोध गरेको सुनिँदैन, भेटिँदैन । तर लुम्बिनीका नाममा दल र दलालहरूले गरेका निर्लज्ज लुछाचुँडिका हर्कत् हेरेर दातृ राष्ट्र र शुभेच्छुकहरूले समेत कस्तो मान्दा हुन् ? भनेर कसैले सोचेको पनि देखिँदैन । फोहोरी दोहोरीमात्र खेल्ने बानी पारेका बैमानहरूले अलिकति गम्भीर भएर बुझ्नुपर्छ कि पर्दैन ? दुनियालाई थाहा छ- लुम्बिनी विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाएर बिगारिएको छ र केञ्जो टाँगेले बनाइदिएको गुरु योजनालाई पनि विकृत पारिएको छ । जस्तै भद्र, शालीन र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सज्जन एवं कुशल व्यक्तिलाई नियुक्त गरे पनि गुरु योजनानुसार काम गर्न पटक्कै सहज छैन । हरेक दलले भर्ती गरेका कर्मचारी नामका दलालले राम्रो काम गर्नै दिँदैनन्, पाइलैपिच्छे अबरोध गरेर, दुस्प्रचार गराएर । बनाउनेभन्दा बिगार्नेहरूको कब्जामा परेको छ लुम्बिनी । कमिशनखोर, बैमानी, भ्रष्ट र दुष्टहरूका बीचमा कसरी टिक्लिन आनी ? गाह्रो छ । त्यसैले संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले विश्वसम्पदामा सूचीकृत गरेपछि पनि भनेजस्तो काम नगरेर बारम्बार खतराको सूचीमा राख्नुपर्ने अवस्था तयार पारेको हो । आनीको विरोध गर्नेहरूका बारेमा धेरै कुरा गर्नै पर्दैन । किनकि भगवान गौतम बुद्धको अवतरणस्थलमात्रै होइन लुम्बिनी, विश्व शान्ति स्तुप बनाइरहेका चर्चित जापानी भिक्षु नामातामेलाई शहीद बनाउने ठाउँ हो । त्यसैले पनि अलि गम्भीर तरिकाले विचार गर्नुपर्ने हुन्छ, देखिन्छ । लुम्बिनीका माफिया र दलालले चाहेजस्तो नभए के गरिन्छ र कस्तो गराइन्छ भनेर । लुम्बिनी कस्तो छ भनेर जान्न र बुझ्न चाहनेका लागि पनि मित्रराष्ट्रले वातावरण अनुकूल धार्मिक पर्यटन प्रवर्द्धन गर्न भनेर दिएका बस र भ्यान समेत सञ्चालन गर्न नदिएको विषयले आफैं बताउँछ । बालेन नेतृत्वको सरकार बनेपछि पुराना दलका नेता, उनीहरूद्वारा सञ्चालित सञ्चारमाध्यम र विश्लेषकले विरोध गर्नु जायजै मानिएला राजनीतिक रूपबाट हेरेर लिँदा । तर कुनै पनि दलका दाम्लाले नबाँधिएका स्वतन्त्र र सचेत जनताले आफ्नै तरिकाले पनि सोच्न र बुझ्न सक्छन् अचेल कसले के गरेको छ भनेर । पञ्चायतकालसम्म दरबारको कब्जामा थियो लुम्बिनी विकास कोष । बहुदलीय व्यवस्थाको पुनःस्थापनपछि दलहरूले कब्जामा लिएर आफू अनुकूल बनाउन खोजे, थाले । हरेक पल्ट सत्तामा पुग्ने दलहरूका दम्भ र दादागिरीको शीकार भएको लुम्बिनी गुरु योजना आफैं बोल्न सक्दैन । म माथि अन्याय भएको छ भन्दैन । दल दलका दलालहरूका कब्जाबाट मुक्त नगरेसम्म ऊ थान्तले सोचे जस्तो बन्दैन र केञ्जो टाँगेले बनाउन खोजेजस्तो हुन सक्दैन लुम्बिनी । गौतम बुद्ध र लुम्बिनीप्रेमी जोसुकैले पनि जानेको र बुझेको विषय यत्ति हो । बहालवाला सरकारले जे सोचेर आनीलाई खोजेर, सोधेर, मनाएर, नियुक्ति दियो ? उसैले जानोस् । आनीले पनि जे गर्न भनेर नियुक्ति लिन तयार भइन्, उनैले विचार गरेकी होलिन् । तर, बाहिरबाट हेर्दा र बुझ्दा जस्तो देखिन्छ लुम्बिनी, त्यस्तो छैन । त्यहाँभित्र पसेर, बसेर, गहिरो अध्ययन गर्नेले बुझेर भन्नसक्छ- दलीय दस्यु दस्ताको कब्जामा परेर दयाको याचना गरेको दुःखी पात्र जस्तो छ लुम्बिनी ।’ त्यस्तो बनाइएको ठाउँमा रहेका दस्यु दस्ता र उनीहरूका अनुचारहरूले आनीलाई कसरी सम्मान गर्न सक्छन् त नि ? सक्दैनन् । त्यसैले व्यक्तित्व र चारित्रिक आक्रमण गरिरहेका छन् । ती आक्रमणकारीले भनेजस्तो नभए नामातामेलाई जस्तो अर्को शहीद नबलाउलान् भन्न सकिन्न । दलीय घेराभन्दा बाहिर रहेको, विश्वले चिनेको, जानेको र मानेको, विश्वसनीय मान्छे नियुक्त नभएसम्म संयुक्त राष्ट्र संघीय निकायदेखि लिएर अन्य बुद्ध धर्मावलम्बी मुलुकले विश्वास गर्दैनन्, गर्ने वातावरण छैन, पूरै बिगारिएको छ । त्यसैले पनि आवेदन दिएका भिक्षु र अरूहरू भन्दा बाहिरको अलि विश्वासिलो र भरपर्दो आनी खोजेको होला सरकारले । सरकारले खोजेको र रोजेको मान्छेलाई विपक्षी दलले विश्वासको आधारमा भन्दा राजनीतिक रंग र ढंगका नजरले हेर्दा लायक नदेख्नु स्वभाविकै हो । कुनै दलका दाम्लाले नबाँधिएकी आनीप्रति जसरी प्रहार गरिएको छ त्यसको जवाफदेही उनै होलान् । छेउ किनारमा बसेर हेर्नेले त कामना मात्रै गर्न सकिन्छ-अर्को नामातामेचाहिँ नबनाए हुन्थ्यो भनेर । लुम्बिनी कस्तो छ भनेर जान्न र बुझ्न चाहनेका लागि पनि मित्रराष्ट्रले वातावरण अनुकूल धार्मिक पर्यटन प्रवर्द्धन गर्न भनेर दिएका बस र भ्यानसमेत सञ्चालन गर्न नदिएको विषयले आफैं बताउँछ । बालेन नेतृत्वको सरकार बनेपछि पुराना दलका नेता, उनीहरूद्वारा सञ्चालित सञ्चारमाध्यम र विश्लेषकले विरोध गर्नु जायजै मानिएला राजनीतिक रूपबाट हेरेर लिँदा । तर कुनै पनि दलका दाम्लाले नबाँधिएका स्वतन्त्र र सचेत जनताले आफ्नै तरिकाले पनि सोच्न र बुझ्न सक्छन् अचेल कसले के गरेको छ भनेर । npaudelg@gmail.com तौलिहवा-कपिलवस्तु

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ग्यास उद्योग गाभ्ने तयारी
Latest NewsJust now

ग्यास उद्योग गाभ्ने तयारी

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १७ गते । नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति त... ...

गोरखापत्र
रुपन्देहीमा निःशुल्क योग साधना अभियान
Latest NewsJust now

रुपन्देहीमा निःशुल्क योग साधना अभियान

रूपन्देही । पछिल्लो समय स्वस्थ जीवनशैलीप्रति मानिसको आकर्षण बढ्दै जाँदा रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु... ...

रातोपाटी
ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
Latest NewsJust now

ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । अस्ट्रेलियाका अनुभवी अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका हुन् । यद्यपि, उनी बिग बास लिग (बीबीएल)मा मेलबर्न स्टार्सबाट खेल्नेछन् । क्लबले उनको सम्झौता २०२७–२८ सिजनसम्मका लागि नवीकरण गरेको छ । म्याक्सवेलले गत वर्ष जुनमै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटबाट सन्यास लिएका थिए । ...

केन्द्रबिन्दु
एनपीएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ?
Latest NewsJust now

एनपीएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ?

• त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल)का लागि आठवटा टोलीका मस्कटले दर्शकको ध्यान आकर्षित गरिरहेका छन्। • प्रत्येक टोलीले आफ्नो भौगोलिक, सांस्कृतिक र प्राकृतिक पहिचान झल्काउने मस्कट चयन गरेका छन्, जसले खेलको माहोललाई उत्साहपूर्ण बनाएको छ। • एनपीएलको साझा मस्कट 'जीत' हिउँ चितुवा हो, जसले प्रतियोगिताको समग्र प्रतिनिधित्व गर्छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play