काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा-प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालुः लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)’ कार्यक्रम आयोजना गरेको छ । सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायतको उपस्थितिमा भएको हो । कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्ययोजना एवं प्राथमिकतामा छलफलका साथै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा अन्तरक्रिया भएको बैंकले जनाएको छ । बैंकका अनुसार हाल लुम्बिनी प्रदेशका नौ जिल्लामा सिटिजन्स बैंकका ५१ शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंकले पछिल्लो समय विभिन्न नवीनतम डिजिटल सेवाहरूसमेत सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकले हाल देशैभरि ६१ जिल्लामा दुई सय शाखा, एक सय ६७ एटिएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङमार्फत् २० लाख ८५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
लुम्बिनी प्रदेशमा सिटिजन्सको अन्तरक्रिया

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






