काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले सानदार सुरुआत गरेको छ। लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजले पहिलो ६ ओभरको समाप्तीमा कुनै पनि विकेट नगुमाई ४५ रन बनाएको छ। क्रिजमा ओपनर ब्याट्सम्यानहरू साहिल पटेल र डेभिड वार्नर जम्दै उत्कृष्ट साझेदारी करिरहेका छन्। साहिल पटेलले १४ बलमा १ छक्काको मद्दतले १२ रन बनाएर खेलिरहेका छन् भने डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ६ चौकासहित ३१ रन बनाएर क्रिजमा टिकेका छन्।
लुम्बिनीविरुद्ध काठमाडौंको उत्कृष्ट सुरुआत

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






