काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनायो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे। निरोशन डिकवेल्लाले २७, दिलीप नाथले २५ र आशिफ शेखले २१ रनको योगदान दिए। रुवेन ट्रम्पलम्यान १५ रनमा अविजित रहे। डार्सी सर्टले खाता खोल्न सकेनन् भने सन्दीप जोराले ९ र समिम होसैनले १ रन बनाए। जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले समान २ विकेट लिए। ललित राजवंशी, अविशेक तिवारी र हरमित सिंहले एक–एक विकेट हात पारे। अब जनकपुरले जितका लागि १५० रनको लक्ष्य पछ्याउनेछ।
लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालन्युज


![कांग्रेसको आधिकारिकताबारे फैलाइएको हल्ला बदनियतपूर्ण: गगन थापा [भिडियो]](https://hamrakura.com/uploads/news/images/gagan-thapa-nc-19-07.jpg)


![‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै परेको छैन’ [भिडियोसहित]](https://www.lokpath.com/wp-content/uploads/2026/10/Gagan-thapa-1.jpg)
