Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
Photo / Coverage: केन्द्रबिन्दु

बाँके । लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको दोस्रो उच्च जोखिममा रहेको प्रदेश भएको आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा अरुणकुमार बुढाले बताए । उनका अनुसार रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासीलगायत जिल्ला कुष्ठरोगको जोखिममा छन् । नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ अस्पतालको सेवाक्षेत्रभित्र पर्छन् । लुम्बिनी प्रदेशमा बालबालिकामा समेत कुष्ठरोगको सङ्क्रमण देखिएको र त्यसको सङ्ख्या उच्च रहेको उनले बताए । कुष्ठरोगको पहिचानमा ढिलाइ हुनुमा गरिबी, स्वास्थ्य सेवामा पहुँचको अभाव, सामाजिक भेदभाव र लाञ्छना प्रमुख कारण रहेको डा बुढाको भनाइ छ । बाँकेको जानकी गाउँपालिका–मानपुरस्थित साइनिङ अस्पताललाई लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै कुष्ठरोग तथा उष्ण उपेक्षित रोगसम्बन्धी सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । हाल क्षेत्रीय प्रेषण केन्द्रका रूपमा सञ्चालन भइरहेको अस्पताललाई कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचार केन्द्र बनाउने लक्ष्य रहेको उनले बताए । यो योजना नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिसँग सम्बन्धित रहेको उनको भनाइ छ । नेपाल सरकारको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा करिब दुई हजार ५०० नयाँ कुष्ठरोगी पहिचान भएका छन् । तीमध्ये करिब २५ प्रतिशत लुम्बिनी प्रदेशका रहेको आइएनएफ नेपाल, साइनिङ अस्पताल बाँकेले जनाएको छ । कुष्ठरोगको जोखिममा रहेका बिरामीलाई लक्षित गरी अस्पतालको सेवा विस्तार गर्न लागिएको हो । करिब दुई करोड ३५ लाख रूपैयाँको लागतमा अस्पतालको अन्तरङ्ग सेवाका लागि भवन निर्माण भइरहेको छ । पाँचवटा वार्डमा २५ जना बिरामी राख्न सकिने भवनमा ह्विलचेयरमैत्री शौचालय, नर्सिङ स्टेसन, उपचार कक्ष र औषधि भण्डारण कक्षलगायत सुविधा रहनेछन् । हालसम्म आइएनएफका पोखरास्थित हरियोखर्क अस्पताल, सुर्खेतस्थित साइनिङ अस्पताल र बाँकेको साइनिङ अस्पतालबाट छ हजार ७९ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पताललाई निरन्तर सञ्चालन गर्न छाला रोग विशेषज्ञ, थेरापिस्ट, कृत्रिम अङ्ग तथा जुत्ता प्रविधिसम्बन्धी जनशक्ति र दक्ष कर्मचारी आवश्यक रहेको डा बुढाले बताए । अपाङ्गता पुनःस्थापना पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले नसर्ने रोगका कारण हुने अपाङ्गताको व्यवस्थापनसमेत चुनौतीका रूपमा रहेको बताए । अस्पतालको सेवा विस्तार र सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । आइएनएफका अन्तरराष्ट्रिय कार्यकारी प्रमुख रिचर्ड रिभले नेपालमा कुष्ठरोग नियन्त्रणका लागि ठूलो धनराशि खर्च भइरहेको र त्यसबाट आशातीत उपलब्धि हासिल भएको बताए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तत्पर रहेको बताए । नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने रणनीति लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेतृत्वको अहंकारले संकटमा एमाले
Latest NewsJust now

नेतृत्वको अहंकारले संकटमा एमाले

‘बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुँदैन।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय कार्यकर्ता भेलामा दिएको यो अभिव्यक्ति सामान्य राजनीतिक टिप्पणी मात्र थिएन। निर्वाचनमा नराम्रो पराजय बेहोरेपछि पनि पार्टीभित्र उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको बहसलाई उनले कसरी बुझिरहेका छन् भन्ने संकेत पनि थियो। जनमतबाट आएको सन्देशलाई आत्मसमीक्षाको आधार बनाउनुपर्ने अवस्थामा नेतृत्वले आलोचकलाई छिचिमिरासँग तुलना गर्नुले एमालेभित्रको राजनीतिक मनोविज्ञान उजागर गरेको ...

नेपालन्युज
शिक्षामन्त्रीको सात महिना : घोषणामा रफ्तार, कार्यान्वयनमा अलमल
Latest NewsJust now

शिक्षामन्त्रीको सात महिना : घोषणामा रफ्तार, कार्यान्वयनमा अलमल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेको सात महिना पूरा हुँदा पनि शिक्षा क्षेत्रको सुधारमा अपेक्षित नतिजा दिन सकेका छैनन् । शिक्षामन्त्री पोखरेलले नतिजामुखी कार्यक्रम ल्याउने घोषणा गरे... ...

रातोपाटी
डाविड मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य
Latest NewsJust now

डाविड मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौँ, मङ्सिर ३ गते । डाविड मलानले अविजित अर्धशतक बनाएपछि नेपाल प्रिमियर लिग ९एनपिएल० सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ... ...

गोरखापत्र
हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play