Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

लिङदेन भन्छन्- ‘राजसंस्था देशको स्थायित्वका लागि आवश्यक, व्यवस्था परिवर्तनबारे नयाँ समझदारी गरौँ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
लिङदेन भन्छन्- ‘राजसंस्था देशको स्थायित्वका लागि आवश्यक, व्यवस्था परिवर्तनबारे नयाँ समझदारी गरौँ’
Photo / Coverage: पर्दाफास

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था देशको स्थायित्वका लागि आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनतावोध गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपा सम्बद्ध पूर्वप्रहरी परिषद्को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजसंस्थाको पक्षमा उभिनु कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको विषय नभएको स्पष्ट पार्दै देशको हित र स्थायित्वका लागि आफूहरूले राजसंस्था आवश्यक ठानेको बताए । राजाबाट व्यक्तिगत रूपमा विगत, वर्तमान वा भविष्यमा कुनै लाभको अपेक्षा नरहेको उल्लेख गर्दै उनले राजसंस्थाबारे नयाँ पुस्तामा भ्रम फैलाइएको दाबी गरे । राजा हुनु भनेको लोकतन्त्र नहुनु होइन भन्ने कुरा समाजमा बुझाउनुपर्ने उनको भनाइ छ । अध्यक्ष लिङदेनले देशमा साढे तीन दशकदेखि नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरूले शासन गर्दै आए पनि भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता जस्ता समस्या समाधान हुन नसकेको टिप्पणी गरे। उनले मुलुक भूराजनीतिक रूपमा समेत जोखिमतर्फ अघि बढिरहेको भन्दै समस्याहरू समयमै सम्बोधन नगरिए देश दुर्घटनामा पर्न सक्ने र नेताहरूले देश छाडेर भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । देशमा नयाँ राजनीतिक समझदारी आवश्यक रहेको धारणा राख्दै उनले समस्या व्यक्तिमा मात्रै नभई विद्यमान व्यवस्थामा समेत रहेको बताए । नेताहरू परिवर्तन हुँदै गए पनि समस्या यथावत रहनुले प्रणालीमै सुधार आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ । कसैलाई निषेध वा अपमान गरेर नभई सहमतिको आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै लिङ्देनले देशलाई पुनः द्वन्द्वमा जानबाट रोक्न नयाँ समझदारी गर्नुपर्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जङ्गलमा लुकाएर राखिएको साढे १९ टन फर्सीको बियाँ बरामद
OthersJust now

जङ्गलमा लुकाएर राखिएको साढे १९ टन फर्सीको बियाँ बरामद

झापा र इलामको सीमा क्षेत्रमा पर्ने जङ्गलबाट सशस्त्र प्रहरीले करिब साढे १९ टन फर्सीको बियाँ बरामद गरेको छ। मेचीनगर नगरपालिका–१ भालुखोपस्थित जङ्गल क्षेत्रबाट मङ्सिर १३ गते प्रहरीले १९ हजार ४०० किलोग्राम फर्सीको बियाँ बरामद गरेको हो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको कमाण्डमा खटिएको टोलीले जङ्गलमा बेवारिसे अवस्थामा लुकाएर राखिएका ४८५ ...

पर्दाफास
अफगानिस्तानमा विद्यालयनजिकै विस्फोट : १० बालबालिकाको मृत्यु, १०० भन्दा बढी घाइते
OthersJust now

अफगानिस्तानमा विद्यालयनजिकै विस्फोट : १० बालबालिकाको मृत्यु, १०० भन्दा बढी घाइते

कुनार प्रहरीका अनुसार शनिबार बिहान करिब १० बजे असदाबाद सहरको बाहिरी इलाका अन्डार सेरमा उक्त घटना भएको हो। ...

अनलाइन खबर
पोखराको नगर यातायातले थाल्यो विद्युतीय बस सेवा, १६ थान मिनिबस हस्तान्तरण
OthersJust now

पोखराको नगर यातायातले थाल्यो विद्युतीय बस सेवा, १६ थान मिनिबस हस्तान्तरण

पोखराको सार्वजनिक यातायात सेवालाई आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन शाशील मोटर्स प्रालिले पोखरा यातायात प्रालिका सदस्यहरूलाई १६ थान हाइगर विद्युतीय नगर मिनिबस हस्तान्तरण गरेको छ । ...

अनलाइन खबर
‘देशको गृहमन्त्रीलाई पनि अर्को गृहमन्त्री चाहियो’
OthersJust now

‘देशको गृहमन्त्रीलाई पनि अर्को गृहमन्त्री चाहियो’

मंसिर १७ गते विवाह गर्न लागेको जानकारी दिँदै उनले खुसीको खबर पहिलोपटक सार्वजनिक रूपमा आफ्नै समुदायमाझ साट्न पाउँदा गर्व महसुस भएको बताए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement