प्रजातान्त्रिक व्यवस्थामा जहिले पनि पार्टीहरू बलवान् हुन्छन् । पार्टी सफल भएनन् भने प्रजातान्त्रिक व्यवस्था कमजोर हुने गर्दछ । निर्वाचनमा पार्टीले ल्याएको मतका आधारमा सत्ता सञ्चालन हुने गरेका छन् । राज्य सञ्चालनमा हुने परिवेशले नै राजनीतिमा स्थायित्व र अस्तित्व जीवन्त रहने गरेको हुन्छ । भनिन्छ राजनीति देश सञ्चालनको मूल आधार हो । देशको पहिचान र देशको गरिमा नै राजनीतिमा सक्रिय व्यक्तिले राख्ने हो । राजनीतिमा सक्रियता व्यक्तिको योगदान, उसले निर्वाह गरेको भूमिका, देशको शासन प्रणालीमा आएको परिवर्तन र तानाशाही शासनमा उसले गरेको योगदानबाट नै राजनीतिमा व्यक्तिको भूमिका सबल र सक्षम हुने गरेको मानिन्छ । शासन कहिले पनि व्यक्ति केन्द्रित हुँदैन । व्यक्ति आफैंमा शासक होइन । शासन चलाउने नीति, नियम र कानुन हो । कानुनका मातहतमा चलेको शासकीय व्यवस्थालाई कानुनीराज्यमा राख्ने गरिएको हुन्छ । निर्वाचनका समयमा जसका कारणले उक्त पार्टीको बहुमत आयो ती थिए बालेन्द्र साह । उनलाई सर्वसम्मत तरिकाले संसदीय दलको नेता चुनियो । उनी इतिहासमा सबैभन्दा कान्छा प्रधानमन्त्री भए । देशको शासकीय व्यवस्था एउटा युवाका हातमा पुग्यो । पुराना दल लाचार बने । जसले यस देशको विकास र स्वतन्त्रताका लागि आफू र आफ्नो पार्टीलाई समर्पित गरे ती दलका नेता कमजोर बने । राणा, पञ्चायत जस्ता शासन व्यवस्था नेपालका लागि कानुनी राज्य थिएनन् । व्यक्तिले सनकका भरमा चलाएका शासकीय व्यवस्था थिए । यी शासनमा शासक सनकी हुने र उसले गर्ने निर्णय नै शासनमा लागू हुने व्यवस्था रहेको देखिन्थ्यो । प्रजातन्त्रको आगमनसँग शासनमा शासकीय व्यवस्था र कानुनी राज्यको सूत्रपात भएको पाइन्छ । यी दुबै शासनमा नेपालमा कुनै परिवर्तन भएन भन्ने होइन । व्यक्तिका स्वतन्त्रता खोसिन्छन् । लेखनको स्वतन्त्रता बन्दगीमा परेको हुन्छ । भेला गर्ने र शासकलाई खबरदारी गर्ने अधिकारबाट जनता वञ्चित हुने गरेका हुन्छन् । त्यसैले प्रजातान्त्रिक व्यवस्थालाई नै संसारको सबैभन्दा गतिलो शासन व्यवस्था मानिएको हुन्छ । जसको विकल्प आजसम्म कुनै पनि शासन व्यवस्थाले लिन सकेको देखिँदैन । लाचार रास्वपागतवर्ष भएको जेनजी आन्दोलनले नेपालको शासनमा नयाँ अध्याय आरम्भ गर्यो । राजनीतिमा हस्ती मानिएका र देशमा देखिएका तानाशाही शासनलाई अन्त्य गर्ने पार्टीहरूको सक्रियता कमजोर भयो । शासनमा हालीमुहाली गरेका र शासनलाई चलाएका सबै राजनीतिक दल कमजोर बने । उनीहरूले चलाएको शासनविरुद्ध नेपालको युवाजमात उत्रियो । शासनमा आसीन रहेका पुराना दल र तिनको साम्राज्य ढल्यो । अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारले गराएको निर्वाचनपछि आन्दोलनमा सहभागी भएका, देशका संरचनामा आगजनी गर्ने, दलका पार्टी कार्यालय तथा व्यक्तिगत घरमा आगो लगाउन सक्रिय बनेको एउटा वर्ग जसले आफूलाई नेपालको राजनीतिमा परिवर्तनको बाहक मानेको छ त्यो नै सत्तासीन बन्यो । सञ्चारका क्षेत्रमा आफूलाई सक्रिय बनाएका रवि लामिछाने उक्त पार्टीका पार्टी सभापति बने । सभापति रवि र तत्कालीन काठमाडौं महानगरका नगरप्रमुख बालेन्द्र साह (बालेन) निर्वाचनमा होमिए । निर्वाचन पनि उनीहरूकै पोल्टोमा पर्यो । नेपालको राजनीतिमा दुईतिहाइ बराबरको अवस्थामा आफूलाई उक्त पार्टीले पुर्यायो । निर्वाचनका समयमा जसका कारणले उक्त पार्टीको बहुमत आयो ती थिए बालेन्द्र साह । उनलाई सर्वसम्मत तरिकाले संसदीय दलको नेता चुनियो । उनी इतिहासमा सबैभन्दा कान्छा प्रधानमन्त्री भए । देशको शासकीय व्यवस्था एउटा युवाका हातमा पुग्यो । पुराना दल लाचार बने । जसले यस देशको विकास र स्वतन्त्रताका लागि आफू र आफ्नो पार्टीलाई समर्पित गरे ती दलका नेता कमजोर बने । सत्ताको बागडोर युवाका हातमा गयो । देशको प्रधानमन्त्री संसदीय व्यवस्थामा संसदप्रति जिम्मेवार हुन्छ । ऊ जुन दलबाट संसदीय नेता चुनिएको हो त्यो दलप्रति पनि ऊ जिम्मेवार हुनु उत्तिकै आवश्यक मानिन्छ । पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र साह, देशवासी, मतदिने मतदाता, विदेशमा रहेर आफ्ना अभिभावकलाई घण्टीमा मतदान गर्न बाध्य बनाउने य्वुा, आफन्तवादबाट पीडित भएका बुद्धिजीवी, परिवर्तन चाहेका सबै नेपालीमा खुशीको लहर दौडियो । देशले काँचुली फेर्नेछ । गरिबका दिन आउनेछन् । सबै वस्तु सहजरूपमा उपलब्ध हुनेछ । देशको चौतर्फी विकासका साथै आर्थिक समुन्नतिमा देशले काँचुली फेर्नेछ भन्नेमा ढुक्क थिए । राष्ट्रिय स्वतन्त्र पार्टी जसको सरकार आज यो देशमा छ उक्त पार्टीका सांसद, उक्त पार्टीबाट बनेका मन्त्रीहरू सबैको अभिलाषा देशलाई समृद्ध बनाउनु नै थियो । आज आएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लाचार देखिए । प्रधानमन्त्री आफ्नो तरिकाले देश चलाउने बाटोमा सक्रिय देखिए । उनी एक सबल प्रधानमन्त्री हुन्छन् कि भन्ने आशा नेपालीलाई थियो तर लक्षण त्यस किसिमको आएन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदमात्र होइन केन्द्रीय स्तरका नेता पनि लाचार नै देखिए । उक्त पार्टीलाई समर्थन गर्ने र मतदान गर्ने मतदाता पनि पश्चाताप गर्न थालिसके । बहुमत ल्याएको, दुई तिहाइ हाराहारीमा रहेको, चाहेको समयमा संविधान पनि संशोधन गर्न सक्ने हैसियतको यो पार्टी किन यति लाचार भयो बुझ्न नै गारो बनायो । निरीह सभापतिप्रजातन्त्र वा लोकतन्त्रलाई स्वीकार गर्ने पार्टी व्यवस्थामा राजनीतिक दलमा सबैभन्दा सबल पार्टी र उक्त पार्टीको सभापति सबैभन्दा शक्तिशाली हुन्छ । तानाशाही पार्टीमा भने यो व्यवस्था कमजोर हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको हिमायती मानेको छ । उक्त पार्टीले पार्टीको पहिलो अधिवेशन पनि सम्पन्न गरिसकेको छ । अधिवेशनबाट पार्टी गठनका लागि सक्रिय रहेका रवि लामिछाने नै सभापतिमा सर्वसम्मत चुनिए । प्रधानमन्त्री बालेन, पार्टी सभापति रवि कस्तो गतिलो संयोग । पार्टीको सुदृढीकरणमा सभापति लाग्ने देशको चौतर्फी विकास प्रधानमन्त्रीले गर्ने भद्र सहमति भयो । सरकार गठन भएको केही दिनमा देशले काँचुली फेर्ने तरिकाका कार्यक्रम पनि सार्वजनिक गरिए । नेपाली जनताले राहतका सास फेरे । पुराना पार्टीबाट आत्तिएका, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा पार्टीलाई समर्थन गरे पनि मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई खसालेका मानिसहरू वा मतदाता पनि देश परिवर्तनको अपेक्षामा केन्द्रित देखिए । सभापति रवि लामिछाने लाचार बने । पार्टीले निर्देशन दिन नसक्ने प्रधानमन्त्री बने बालेन । बालेन साह सल्लाहकारको सल्लाहमा चले । पार्टीका सल्लाह उनले मानेनन् । पार्टीले दिने निर्देशनमा उनी अटेरी देखिए । नयाँनयाँ कुरा गर्न रुचाउने प्रधानमन्त्रीलाई निर्देशन दिन सक्ने हैसियत पार्टी सभापतिमा देखिएन । विभिन्न प्रकारका आरोपमा रुमलियो सरकार । न्यायाधीशको नियुक्तिदेखि सबै ठाउँमा अग्रगामी बन्न खोज्ने प्रधानमन्त्री कम बोलेर पनि पार्टी सभापतिलाई निरीह बनाउन सफल भएका छन् । नेपाली सामाजिक सञ्जालमा सक्रिय देखिए । सामाजिक सञ्जालमा देखापरेको अनौठो प्रवृत्तिले नेपालको हरेक क्षेत्र शंकाको घेरामा परेको देखियो । बिचौलियालाई समाप्त पार्ने बाचामा रहेको सरकार नै बिचौलियाको फेर समातेर वैतरणी नदी तर्न खोजेको छ । प्रहरी प्रमुखलाई हटाएको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता र सरकारका प्रवक्ताको भनाइ नै बाजियो । यही कुरालाई चितवन पुगेका पार्टी सभापतिलाई सोधियो । उनी प्रजातन्त्र, लोकतन्त्र र संवैधानिक शासनभन्दा ठूलो कोही छैन । देशको सर्वोच्चता कानुनी राज्य हो भने उनले । उनको भनाइमा एकातिर सत्ताको अवस्था अर्कोतिर आफूले केही गर्न नसकेको कमजोरी स्पष्ट झल्केको थियो ? यहाँसम्म कि बिचौलिया भनिने ३० वर्षे इनम सापकोटाबाट नै देशको चौतर्फी विकास भएको देखिन थाल्यो । पुरानो सत्तामा दीपक भट्ट बिचौलिया थिए भन्ने सुनिएको थियो । यो त युवाको जोश, जाँगरबाट आएको सरकार हो । यस सरकाले देशको पहिचानलाई सुरक्षित राख्नेछ । परिवर्तन नै सरकारको मूल एजेण्डा हो । यस परिवर्तनमा देशवासी खुशीले नाच्नेछन् भन्ने थियो । त्यस्तो हुनसकेन । समय रहँदै सुरक्षा निकायका प्रमुखको जिम्मवारी खोसियो । उनलाई जिम्मवारीबाट हटाइयो । प्रहरी प्रमुखलाई हटाएको सन्दर्भमा उक्त पार्टीका प्रवक्ता र सरकारका प्रवक्ताको भनाइ नै बाजियो । यही कुरालाई चितवन पुगेका पार्टी सभापतिलाई सोधियो । उनी प्रजातन्त्र, लोकतन्त्र र संवैधानिक शासनभन्दा ठूलो कोही छैन । देशको सर्वोच्चता कानुनी राज्य हो भने उनले । उनको भनाइमा एकातिर सत्ताको अवस्था अर्कोतिर आफूले केही गर्न नसकेको कमजोरी स्पष्ट झल्केको थियो ? चौथो अंग मानिने सञ्चार क्षेत्रका सञ्चारकर्मीलाई कार्यकक्षबाटै पक्राउ गरिन्छ र केही समय राखेर छोडिन्छ । समाचार लेख्ने, बोल्ने अधिकार संवैधानिक हुन् । संविधानले दिएको हक हो । यो हकलाई आजसम्म कसैले खोस्न सकेनन् । आजसम्म कसैले पनि यो अधिकार खोसेका छैनन् । जसले खोस्यो त्यो नै पतन भयो । त्यसैले संविधान प्रदत्त अधिकारलाई कुण्ठित गर्ने अधिकार कसैलाई पनि छैन । सामाजिक सञ्जालमा लेख्दैमा देशमा सुधार हुने पनि होइन । कुनै राजनीतिक दल वा दलका नेतालाई सामाजिक सञ्जालमा गाली गर्दैमा परिवर्तन हुने होइन । सचेत हुनु आवश्यक छ । कानुनको पालना गर्नु आवश्यक छ । सामाजिक सञ्जालमा व्यवस्थित तरिकाले गतिशील बनाउनु आवश्यक छ । पार्टी सभापति यति निरीह हुनु आवश्यक देखिँदैन । आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताले पाँच वर्षका लागि सत्तामा पुर्याएका हुन् । सत्तामा कुनै किसिमको गठजोड गर्ने अधिकार पुराना दललाई पनि छैन । निरीह, लाचार बनेर भए पनि शासनमा बालेन्द्र साहको शासनलाई टिकाउनु होला । उहाँबाट नै देशले आमूल परिवर्तन पाउनेछ । नेपाली जनताका सबै आवश्यकता पूर्ण हुनेछन् । केही गर्न नसक्ने पार्टी लाचार हो भने जे गरे पनि बोल्न नसक्ने पार्टी सभापति निरीह हुन् । यो लाचारी र निरीहता कहिलेसम्म ? पाँच वर्ष यही रूपमा पार्टी र सभापति भइरहने हो भने देशमात्र होइन देशवासी पनि सम्पन्न हुनेछन् ।
लाचार रास्वपा, निरीह सभापति

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


.jpg)



