Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

ललितपुरमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
ललितपुरमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनी संघ (नास–आईटी) ले ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ । संघले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरी नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रको विकास, नेपाली सफ्टवेयर तथा प्रविधिजन्य उत्पादनको प्रवद्र्धन र नयाँ स्टार्टअपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएको हो । एक्स्पो आगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ । आयोजकका अनुसार एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छवटा विधाका ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन् । एक्स्पोबारे जानकारी दिँदै नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले यस वर्ष विशेषगरी स्टार्टअपलाई आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्ने अवसर प्रदान गरिने बताए । नयाँ उद्यमीलाई सम्भावित ग्राहक, लगानीकर्ता तथा व्यावसायिक साझेदारसँग जोडेर बजार विस्तारमा सहयोग पुर्याउनु स्टार्टअप प्याभिलियनको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । पछिल्लो समय नेपालमा सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय विकास भइरहेको छ । स्थापित कम्पनीसँगै नयाँ आईटी कम्पनीहरू पनि सञ्चालनमा आएका छन् । नेपाली कम्पनीहरूले स्वदेशी बजारका आवश्यकता सम्बोधन गर्ने प्रविधि विकास गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा समेत सफ्टवेयर तथा प्रविधिजन्य सेवा उपलब्ध गराउँदै आएका छन् । यद्यपि, नेपाली उत्पादनको बजार विस्तार, स्वदेशी प्रविधिको प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय बजारमा पहुँच सुदृढ गर्न अझै आवश्यक रहेको आयोजकको भनाइ छ । विभिन्न कम्पनीले छुट्टाछुट्टै रूपमा गरिरहेका प्रयासलाई एउटै मञ्चमा ल्याई सहकार्य र व्यावसायिक अवसर सिर्जना गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको संघले जनाएको छ । आयोजकले यस वर्षको एक्स्पोमा तीन हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरेको छ । नेपालमा उपलब्ध दक्ष आईटी जनशक्ति, प्रविधि र सफ्टवेयर उत्पादनको क्षमतालाई उपयोग गर्दै स्वदेशी कम्पनीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । साथै, प्रविधि क्षेत्रका कम्पनी, लगानीकर्ता, सेवाग्राही, विद्यार्थी तथा युवा उद्यमीबीच सहकार्यको वातावरण निर्माण गरी नेपालको डिजिटल अर्थतन्त्रलाई थप गतिशील बनाउन कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र
Latest NewsJust now

नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र

• नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ फागुन ७ देखि १० गते काठमाडौँमा आयोजना हुने छ, जसमा विश्वका १०० जना चलचित्रकर्मी र सञ्चारकर्मी सहभागी हुनेछन्। • महोत्सवमा ५०० भन्दा बढी फिचर, सर्ट र डकुमेन्ट्री फिल्म प्राप्त भएका छन्, जसले विश्व चलचित्र क्षेत्रमा चासो र आकर्षण बढाएको विश्वास गरिएको छ। • महोत्सवले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय बजारसँग जोड्ने, नेपाली प्रतिभा र सिर्जनालाई चिनाउने ...

नेपालबहस
नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किन सहमत
Latest NewsJust now

नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किन सहमत

वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्किन सहमत भएका छन्।  शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि उनीहरू अध्ययनलाई निरन्तरता दिन सहमत भएका हुन्। छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका उच्च अधिकारी, चिकित्सा शिक्षा आयोगका प... ...

नेपालखबर
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा ठमेलबाट एकजना पक्राउ
Latest NewsJust now

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा ठमेलबाट एकजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका खेलमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरेको हो। उनी ठमेलमा बस्दै आएका थिए। कार्यालयका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणका खेलमा केही व्यक्तिले ...

केन्द्रबिन्दु
सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड
Latest NewsJust now

सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

विपिन आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा वाङ सियाओहुईले विपद् व्यवस्थापन, पूर्वाधार, स्वच्छ ऊर्जा, कृषि र पर्यटनमा सहकार्य विस्तार गर्ने प्रस्ताव राखे । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play