Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा ठमेलबाट एकजना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा ठमेलबाट एकजना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका खेलमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरेको हो। उनी ठमेलमा बस्दै आएका थिए। कार्यालयका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणका खेलमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा पक्राउ परेका पथरियाको साथबाट दुई थान मोबाइल बरामद गरिएको थियो। मोबाइल जाँच गर्दा उनले विभिन्न अनलाइन बेटिङ साइटमा लगइन गरी एनपीएलका खेलमा पटक–पटक सट्टेबाजी गरेको खुलेको कार्यालयले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार पथरियाले अनलाइन सट्टेबाजीमार्फत ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारले तोक्न लागेको उखुको समर्थन मूल्यमा किसानको असहमति
Latest NewsJust now

सरकारले तोक्न लागेको उखुको समर्थन मूल्यमा किसानको असहमति

बेलाबेला बजारमा चिनी प्रतिकिलो १ सय ३० भन्दा पनि बढी पुगिरहेकाले उखुको समर्थन मूल्य पनि उसैगरी बढाउनुपर्ने किसानको माग ...

कान्तिपुर
ऊर्जा मन्त्री श्रेष्ठको निरन्तरको पहल : हिउँदमा ३५० मेगावाट बिजुली दिन भारत तयार
Latest NewsJust now

ऊर्जा मन्त्री श्रेष्ठको निरन्तरको पहल : हिउँदमा ३५० मेगावाट बिजुली दिन भारत तयार

काठमाडौँ, मंसिर १ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निरन्तरको पहलमा भारत हिउँदयाममा नेपाललाई ३५० मेगावाट बिजुली उपलब्ध गराउन तयार भएको छ । भारतीय राजदूत... ...

गोरखापत्र
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान
Latest NewsJust now

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ (Country Focal Person) नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र (CIR) ले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र माग गरेको हो । उपकुलपतिबाट नियुक्त हुने यस […] ...

लोकपथ
रोहित पौडेल २१ रनमा आउट, लुम्बिनीको तीन विकेट पतन
Latest NewsJust now

रोहित पौडेल २१ रनमा आउट, लुम्बिनीको तीन विकेट पतन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत क्वालिफायर खेलमा लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिम रोयल्सले दिएको १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीका कप्तान रोहित पौडेल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play