काठमाडौँ । नेपाली बजारमा लगातार घट्दै आएको सुनको मूल्यमा सोमबार वृद्धि भएको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ। आइतबार ३ हजार ६५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ११० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
लगातारको गिरावटपछि तोलामा ४ हजार ८०० रुपैयाँले बढ्यो सुन

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






