Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

रौतहटमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

रौतहट । रौतहटमा स्कुटर अनियन्त्रित भएर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे दुर्घटनामा परेको हो। तीव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको छ। दुर्घटनालगत्तै उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएका उनीहरूलाई चिकित्सकले अपराह्न साढे ४ बजे मृत घोषणा गरेका थिए। दुर्घटनामा यमुनामाई नगरपालिका–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्रामका १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्। आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। प्रहरीका अनुसार दुवै घाइतेको अवस्था मध्यम छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२ दिने भारत भ्रमणमा प्रधानमन्त्री बालेनका के–के हुनेछन् एजेन्डा ?
Latest NewsJust now

२ दिने भारत भ्रमणमा प्रधानमन्त्री बालेनका के–के हुनेछन् एजेन्डा ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् । करिब २५ घण्टा भारतमा बिताएर उनी मंसिर ७ गते स्वदेश फर्किने कार्यक्रम छ। उनी मंसिर ६ गते दिउँसो १:२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं हुँदै दिल्ली प्रस्थान गर्नेछन् । मंसिर ७ गते अपराह्न ४:२० बजे नेपाल वायुसेवा निगमकै नियमित उडानबाट उनी स्वदेश फर्कने ...

केन्द्रबिन्दु
इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर
Latest NewsJust now

इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर

• इलाममा परेको असिना पानीले पाक्न लागेको धान बालीमा ९० प्रतिशतसम्म क्षति पुर्याएको छ। • किसानहरूले असिनासहितको वर्षाले धानको बाला झारेको र बोट ढालेर क्षति पुर्याएको बताएका छन्। • कृषि ज्ञान केन्द्र र स्थानीय तहले किसानको नोक्सानी प्रति चासो नदिएको र राहतको व्यवस्था गर्न माग गरिएको छ। ...

नेपालबहस
धमाधम स्थापना हुँदै पूर्वाधार विकास डिभिजन कार्यालय
Latest NewsJust now

धमाधम स्थापना हुँदै पूर्वाधार विकास डिभिजन कार्यालय

काठमाडौँ, कात्तिक ३० गते । स्थानीय पूर्वाधार विकास विभागले सङ्घीय पूर्वाधार विकासका योजना सञ्चालन, अनुगमन र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न जिल्लामा पूर्वाधार विका... ...

गोरखापत्र
पासो थापेर वन्यजन्तुको चोरी सिकार
Latest NewsJust now

पासो थापेर वन्यजन्तुको चोरी सिकार

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध चोरीसिकार हुने गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले बर्सेनि ठूलो सङ्ख्यामा त्यस्ता पासो नियन्त्रणमा लिई हटाउने गरे पनि वन्यजन्तुको चोरीसिकार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play