Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

रोमानिया पुगेका सयौं नेपाली श्रमिक किन बने आन्दोलित ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोमानिया पुगेका सयौं नेपाली श्रमिक किन बने आन्दोलित ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । युरोपमा रोजगारी र आर्थिक भविष्य सुरक्षित गर्ने सपना बोकेर लाखौँ रुपैयाँ खर्च गरी रोमानिया पुगेका सयौँ नेपाली श्रमिक अहिले आन्दोलित बनेका छन् । रोमानिया पछिल्लो समय नेपाली युवाका लागि वैदेशिक राेजगारीकाे आकर्षक गन्तव्य बन्दै गएको छ । तर त्यहाँ पुगेर काम, तलब र आवासको समस्यामा विचलित भएका ७०० नेपाली श्रमिकहरु कम्पनीविरुद्ध सडकमा उत्रिएको भिडियो अहिले सामाजिक सञ्जालमार्फत भाइरल भएका छन् । रोमानियाको जिउर्जिउस्थित बोलिन्टिन भालेमा रहेको बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत नेपाली श्रमिकले गत शनिबारदेखि आन्दोलन सुरु गरेका हुन् । श्रमिकहरुका अनुसार उनीहरूले महिनामा दुईदेखि तीन दिन मात्रै काम पाउने गरेका छन् । बाँकी समय कामविहीन भएर बस्नुपर्दा नेपालबाट ऋण लिएर विदेश पुगेका श्रमिक थप आर्थिक संकटमा परेका छन् । सम्झौताअनुसारको पारिश्रमिक र सुविधा नपाएको तथा निःशुल्क भनिएको आवासका लागि समेत रकम कटौती गर्न खोजिएको उनीहरूको गुनासो छ । कम्पनीमा कार्यरत नेपाली श्रमिक रमन क्षेत्रीले सम्झौताअनुसार सेवा–सुविधा नपाएपछि आन्दोलन गर्न बाध्य भएको बताएका छन् । आवास शुल्क कटौतीलगायतका समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ । ‘अहिले यहाँ हाम्रो आवासको पनि शुल्क काट्ने, सम्झौताअनुसारको सेवा–सुविधा नदिएको भएर हामीले यहाँ काम लगाइदिने मान्छेलाई घेरेर राखेका छौँ,’ क्षेत्रीले भनेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् रोमानियाका अनुसार उक्त कम्पनीमा करिब ७०० नेपाली श्रमिक कार्यरत छन् । तीमध्ये करिब १०० जना महिला छन् । नियमित कामको अभाव, पारिश्रमिक तथा खाना, खानेपानी, विद्युत् र आवासका नाममा हुने कटौती उनीहरूको मुख्य असन्तुष्टि रहेको संघले जनाएको छ । श्रमिकको समस्या बुझ्न एनआरएनए रोमानियाले स्थलगत भेटघाट तथा संवाद गरेको छ । संघका अनुसार समस्याको समाधानका लागि बर्लिनस्थित नेपाली राजदूतावास, नेपाल सरकारका सम्बन्धित निकाय, रोमानियाका सरोकारवाला तथा कानुनी विज्ञसँग समन्वय भइरहेको छ । श्रमिकको वैधानिक अधिकार र न्यायोचित पारिश्रमिक सुनिश्चित गर्न कानुनी तथा कूटनीतिक पहल जारी राख्ने संघले जनाएको छ । सरकारद्वारा म्यानपावरमाथि छानबिन सुरु रोमानियामा नेपाली श्रमिकले भोगिरहेको समस्याबारे नेपाल सरकारले पनि चासो देखाएको छ । युवा तथा श्रम मन्त्रालयले बर्लिनस्थित नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी समस्या समाधानका लागि पहल थालेको जनाएको छ । वैदेशिक रोजगार विभागले समस्यामा परेका श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी ह्वाट्सएपलगायत माध्यमबाट उनीहरूका गुनासा संकलन गरिरहेको छ । साथै, श्रमिकलाई रोमानिया पठाउने प्रक्रियामा संलग्न म्यानपावर कम्पनी तथा एजेन्टको भूमिकाबारे पनि छानबिन अघि बढाइएको विभागले जनाएको छ । व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा श्रमिकबाट ठूलो रकम असुलिएको हुन सक्ने आशंकालाई समेत अनुसन्धानको विषय बनाइएको छ । भर्ना प्रक्रिया, सेवा शुल्क असुली र सम्बन्धित संस्थाको भूमिकाबारे अध्ययन भइरहेको विभागको भनाइ छ । गैरकानुनी शुल्क असुली, भ्रामक सूचना, अनुचित दबाब वा रोजगार सम्झौतासम्बन्धी अनियमितता पुष्टि भए सम्बन्धित संस्था तथा व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ । रोमानिया पछिल्लो समय नेपाली श्रमिकका लागि प्रमुख युरोपेली गन्तव्य बनेको छ । परराष्ट्र मन्त्रालयको सन् २०२६ मार्चसम्मको अनुमानअनुसार त्यहाँ ५५ हजारभन्दा बढी नेपाली कार्यरत छन् । नेपाली समुदायका प्रतिनिधिहरूले भने यो संख्या ७५ देखि ८० हजारसम्म रहेको अनुमान गरेका छन् । निर्माण, कृषि, होटल, उत्पादन, सेवा तथा लजिस्टिक क्षेत्रमा नेपालीको उपस्थिति उल्लेख्य छ । आर्थिक वर्ष २०२५/०२६ मा मात्रै रोमानियाका लागि ३३ हजार ९२० जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ । युरोपमा राम्रो कमाइ र सुरक्षित भविष्यको आशामा प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेर पुगेका नेपाली श्रमिकले अहिले नियमित कामसमेत नपाउने अवस्था भोगिरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पत्रकार महासंघ भक्तपुरले प्रशासन कार्यालयमा ‘सामूहिक गिरफ्तार गर’ भन्दै दियो धर्ना
Latest NewsJust now

पत्रकार महासंघ भक्तपुरले प्रशासन कार्यालयमा ‘सामूहिक गिरफ्तार गर’ भन्दै दियो धर्ना

बुधबार महासंघको जिल्ला शाखाले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गर्दै धर्ना दिएको हो । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला तत्काल बन्द गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ । ...

कान्तिपुर
भोटेकोशी बाढीः प्रभावित जलविद्युत आयोजना पुनर्निर्माण गर्न नीतिगत सहजीकरण गर्न सरकारसँग निजी क्षेत्रको माग
Latest NewsJust now

भोटेकोशी बाढीः प्रभावित जलविद्युत आयोजना पुनर्निर्माण गर्न नीतिगत सहजीकरण गर्न सरकारसँग निजी क्षेत्रको माग

काठमाडाैँ । भोटेकोशी बाढपिछि प्रभावित जलविद्युत आयोजना पुनर्निर्माण गर्न निजी क्षेत्रले सरकारसँग नीतिगत सहजीकरणको माग गरेको छ । प्राकृतिक विपद्का कारण क्षति पुगेका आयोजनालाई पुनः निर्माण गरी सञ्चालनमा ल्याउन सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत तथा प्रशासनिक सहजता प्रदान गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले बताएका छन् । उनकाअनुसार भोटेकोशी प्रलयबाट प्रभावित १३ वटा आयोजनामध्ये ...

टक्सार
व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान
Latest NewsJust now

व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान

कञ्चनपुर। अन्नबालीखेतीको तुलनामा सागसब्जीबाट बढी आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। सागसब्जीखेती, बिरुवा उत्पादन र च्याउखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि उनीहरूले यसैलाई इलम बनाएका हुन्। भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले एक कट्ठा जग्गामा ५०० लगानी गरेर सागसब्जीखेती सुरु गरेका थिए। पहिलो उत्पादन बिक्रीबाट १० हजार आम्दानी भएपछि उनले खेती विस्तार गर्दै लैजाए। विसं २०७२ देखि व्यावसायिक रूपमा सागसब्जीखेती ...

नेपालन्युज
दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरुपश्चिम र पुलिस विजयी
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरुपश्चिम र पुलिस विजयी

बनेपा । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सोही सिलसिलामा धुलिखेल नगरपालिका–७ स्थित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement