Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

रेलसेवाले जोडिँदै जनकपुर र अयोध्या, बालेन र मोदीले संयुक्त उद्घाटन गर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
रेलसेवाले जोडिँदै जनकपुर र अयोध्या, बालेन र मोदीले संयुक्त उद्घाटन गर्दै
Photo / Coverage: कर्पोरट खबर

जनकपुरधाम । भगवान् राम र माता सीताको ऐतिहासिक तथा धार्मिक सम्बन्धलाई रेलमार्गले जोड्दै नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक द्रुत रेलसेवा सञ्चालन हुने भएको छ । भारतको अयोध्यास्थित भगवान् रामको जन्मस्थल र नेपालको जनकपुरस्थित माता सीताको जन्मस्थललाई जोड्ने यो रेलसेवाले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आगामी मंसिर ७ गते रेलसेवाको संयुक्त उद्घाटन हुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट श्रव्यदृश्य माध्यममार्फत रेलसेवाको उद्घाटन गर्नेछन् । भारतीय रेल मन्त्रालयले जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म रेल सञ्चालनका लागि स्वीकृति प्रदान गरिसकेको छ । रेल नम्बर १५५९५ र १५५९६ अन्तर्गत जनकपुरधाम–अयोध्या क्यान्ट रेलसेवा नरकटियागन्ज हुँदै सञ्चालन हुनेछ । यसअघि नै १७ डिब्बासहितको भारतीय रेल जनकपुरधाम ल्याएर प्राविधिक परीक्षणसमेत गरिएको थियो । नेपाल र भारतका रेल्वे तथा सुरक्षा निकायका अधिकारीहरूले रेलमार्ग, सुरक्षा र भौतिक संरचनाको संयुक्त निरीक्षण गरेका थिए । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल सञ्चालन गर्ने तयारी छ । १७ डिब्बाको रेलले भारतका १० वटा प्रमुख स्थानमा यात्रु चढाउने र ओराल्नेछ । जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधाम यसका निर्धारित बिसौनी रहेका छन् । जनकपुरधामदेखि अयोध्यासम्मको करिब ६०४ किलोमिटर दूरी पार गर्न १५ देखि १६ घण्टा लाग्नेछ । रेलसेवाले मधेस प्रदेशको पर्यटन, व्यापार र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अयोध्या आउने भारतीय पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न रेलसेवा प्रभावकारी माध्यम बन्न सक्ने र जनकपुरलाई पर्यटन केन्द्रका रूपमा विकास गरेर भारतीय पर्यटकलाई लुम्बिनी, पोखरालगायतका पर्यटकीय गन्तव्यसम्म पुर्‍याउन पनि सहज हुने विश्लेषण गरिएको छ । रेलसेवा उद्घाटनका क्रममा अयोध्या क्यान्ट रेल्वे स्टेसनमा उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव तथा अन्य उच्च अधिकारीले हरियो झन्डा देखाउने कार्यक्रम तय भएको छ । रेलको भाडादर र टिकट व्यवस्थापन भने तत्कालका लागि भारतीय रेल्वेले नै गर्ने बताइएको छ । यसैबीच, नयाँ अन्तरदेशीय रेलसेवा सुरु हुने तयारी भइरहँदा जनकपुरधाम–जयनगर रेलसेवाको व्यवस्थापन सुधार गर्नुपर्ने आवाज पनि उठेको छ । जनकपुरधामका रेल्वे स्टेसनको सरसफाइ, खानेपानी, शौचालय, यात्रु सुविधा र भौतिक संरचनाको मर्मतसम्भारमा ध्यान दिन सरोकारवालाले माग गरेका छन् । नयाँ रेलसेवाले पर्यटक आकर्षित गर्ने भएकाले नेपालमा सञ्चालित विद्यमान रेलसेवालाई पनि व्यवस्थित र गुणस्तरीय बनाउनुपर्ने उनीहरूको भनाइ छ । The post रेलसेवाले जोडिँदै जनकपुर र अयोध्या, बालेन र मोदीले संयुक्त उद्घाटन गर्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या
Latest NewsJust now

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका एक हजार... ...

रातोपाटी
जनकपुरधाम–अयोध्या रेल सञ्चालन हुने भएपछि खुसी
Latest NewsJust now

जनकपुरधाम–अयोध्या रेल सञ्चालन हुने भएपछि खुसी

विजयकुमार साह ढल्केबर, मङ्सिर ६ गते । जनकपुरधाम र भारतको अयोध्याबिच रेल सेवा सञ्चालन हुने भएपछि जनकपुरसहित मधेश प्रदेशका स्थानीय उत्साहित भएका छन् । धार्मिक, सांस्कृतिक तथा ऐतिहासि... ...

गोरखापत्र
रातोपाटी समाचार प्रभाव : राइड सेयरिङको अस्वाभाविक भाडा नियन्त्रण गर्न मन्त्रालयको निर्देशन
Latest NewsJust now

रातोपाटी समाचार प्रभाव : राइड सेयरिङको अस्वाभाविक भाडा नियन्त्रण गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । राइड सेयरिङ सेवामा यात्रुबाट अस्वाभाविक रूपमा बढी भाडा असुल्ने गरेको विषयमा रातोपाटीले समाचार प्रकाशित गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो देखाएको छ । रातोपाटीले शनिबार 'संकटमा यात्रुको... ...

रातोपाटी
ट्याक्टरबाट खसेर पुरुषको मृत्यु
Latest NewsJust now

ट्याक्टरबाट खसेर पुरुषको मृत्यु

सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेबाट आफ्नै बारीमा उत्पादन भएको बन्दागोपी बिक्रीका लागि रा १ त ४६६१ नम्बरको ट्याक्टरमा दाङ लैजाँदै गर्दा उक्त ट्याक्टरबाट खसेर सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसे का वर्ष २८ का राजन भनेर चिनिने एकराज केसीको मृत्यु भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play