Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘रेड बुल १३औं कृति अवार्ड २०८३’ अन्तर्गत निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘रेड बुल १३औं कृति अवार्ड २०८३’ अन्तर्गत निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा भईरहेको ‘रेड बुल १३औं कृति अवार्ड २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा.डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्यांकनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिताका बारेमा विस्तृत जानकारी गराएका थिए । यस वर्षको कृति अवाड्र्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ र बजार सञ्चारका अन्य विशिष्टीकृत विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ । यसका साथै संगीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र वर्तमान समयको उदीयमान विषय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको समेत बहु–विधागत टोली गठन गरिएको छ । आन कार्यसमितिको कार्यादेश बमोजिम निर्णायक मण्डलले सम्बन्धित विधामा पुर्‍याएको योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका यी निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्यांकन गर्नेछन् । अवार्डलाई थप मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आनको कार्यसमिति निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको छ । तसर्थ, निर्णायक छनोट तथा मूल्यांकन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको व्यहोरा समेत जानकारी गराइन्छ । ईनर्जी ड्रिंन्क रेडबुल मुख्य प्रायोजक रहेको यस बर्षको कृति अवार्डस्मा ईन्फुएन्सर म्यानेजमेन्ट गर्ने डिजिटल प्लाटर्फम ईनमार्कको ईनएसोशियसन विथ तथा जिएमडब्लु ओरा, कोका कोला र यति ईन्टरनेशनल कलेजको पावर्ड बाई प्रायोजन रहेको छ । यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा फोन नं. ०१४७५०६३ मा सम्पर्क गरि आनको सचिबालयबाट लिन सकिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम अन्तिम आठमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम अन्तिम आठमा

• सुदूरपश्चिम प्रदेश महिला बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गर्दै मधेस प्रदेशलाई ४७–३ अङ्कले हरायो। • नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गर्दै समूह ‘ए’ मा जित हासिल गर्यो। • थ्री अन थ्रीमा नेपाल आर्मी र बागमती प्रदेशले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। ...

नेपालबहस
नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा
Latest NewsJust now

नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा

• नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २३ करोड रुपैयाँभन्दा बढी बीमाशुल्कको हिसाब हराएको विवाद सार्वजनिक भएको छ, जुन मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएपछि खुलासा भएको हो। • प्रभु समूहसम्बद्ध कम्पनीले संकलित रकम समयमै नेपाल लाइफलाई बुझाएको छैन भन्ने आरोपमा कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ, जसले व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा प्रश्न उठाएको छ। • बीमाशुल्क संकलनको जिम्मेवारी लिएको कम्पनीले ...

नेपालबहस
उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने
Latest NewsJust now

उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगी तथा व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले उद्योग सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत कठिनाइ र नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण निर्माण गरिने बताएका हुन् । उद्योगी तथा व्यवसायीका समस्या तत्काल सम्बोधन […] ...

लोकपथ
दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जितेको छ । दोस्रो स्थानमा रहेको एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी ९ पदक जितेको छ भने नेपाल पुलिस क्लब ३ स्वर्ण, ७ रजत र ८ कांस्यसहित कुल १८ पदक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement