Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
Photo / Coverage: कर्पोरट खबर

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । परियोजनाको अनुगमन गर्दै मन्त्री श्रेष्ठले पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण रहेको आयोजनालाई समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताएका छन् । उनले रुपाताल परियोजनाको नमुना सफल भए अन्य तालमा पनि यस्तै आयोजना सञ्चालन गर्न सकिने बताए । कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको हालसम्म ६५.४८ प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको छ। आयोजनामा अहिलेसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । पोखरा महानगरपालिकाका वडा नम्बर ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर अघि बढाइएको परियोजनाको मुख्य उद्देश्य ताल संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धन गर्नु हो । परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध, स्पिलवे, पुल, सडक, पदमार्ग, पर्यटकीय बगैँचा तथा कृत्रिम टापु निर्माणलगायतका काम भइरहेका छन्। तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने तालमा थुप्रिएको ५ लाख २ हजार घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको छ । त्यस्तै, तीनवटा सिल्ट ट्रयाप, १२ वटा जलाधार संरक्षण पोखरी र १०६ वटा चेकड्याम निर्माण सम्पन्न भएका छन्। आठ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्यअनुसार ६ किलोमिटर काम पूरा भएको छ । तर वनसम्बन्धी प्रक्रिया र रुख कटानका कारण पर्यावरणीय पदमार्ग निर्माणमा चुनौती देखिएको छ । आयोजनाका लागि आवश्यक जग्गामध्ये हालसम्म १ हजार १८ रोपनी अधिग्रहण गरिएको छ । आर्थिक वर्ष २०८३/८४ मा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका लागि ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । आयोजना प्रमुख कृष्णप्रसाद डुम्राकोटीका अनुसार कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङमा जलस्रोत संरक्षण, नदी नियन्त्रण तथा सिँचाइसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् । The post रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जबरजस्ती करणी अभियोगमा बैतडीबाट ६८ वर्षीय वृद्ध पक्राउ
Latest NewsJust now

जबरजस्ती करणी अभियोगमा बैतडीबाट ६८ वर्षीय वृद्ध पक्राउ

बैतडी। २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडीको डिलाशैनी गाउँपालिका–४ द्वरी बस्ने ६८ वर्षीय मोहन सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान अस्थायी प्रहरी पोस्ट धौनाखोलीबाट खटिएको प्रहरी... ...

रातोपाटी
प्रधानमन्त्री कार्यालय र मन्त्रालयकै पत्र बेवास्ता गर्दै त्रिवि, दाहालले दिए थप निवेदन !
Latest NewsJust now

प्रधानमन्त्री कार्यालय र मन्त्रालयकै पत्र बेवास्ता गर्दै त्रिवि, दाहालले दिए थप निवेदन !

विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को प्रशासनिक ढिलासुस्तीका कारण तीनवर्षे एलएलबी अध्ययनको अवसरबाट वञ्चित भएका मोरङका विद्यार्थी योगराज दाहालले थप तथ्यगत प्रमाणसहित राष्ट्रिय मानव अधिकार आयोगमा पूरक निवेदन दर्ता गराएका छन्... ...

रातोपाटी
अन्तरात्माको कठघरामा: पाप, पुण्य, नैतिकता र न्यायिक विवेक
Latest NewsJust now

अन्तरात्माको कठघरामा: पाप, पुण्य, नैतिकता र न्यायिक विवेक

पुरातन समाजमा मानिसले आफ्नो व्यक्तिगत सामाजिक पारिवारिक दायित्वलाई/कर्मलाई पाप र पुण्यको तराजुमा तोलेर संस्कार बसाल्थे। 'पाप' र 'पुण्य' कर्म निर्धारण गर्ने, मुक्ति/मोक्ष प्राप्त गर्ने तराजु झैँ मानक रही आएका थिए।... ...

रातोपाटी
देशको स्थायित्वका लागि राजसंस्था आवश्यक, मुद्दामा हीनताबोध छैन :  राजेन्द्र लिङ्देन
Latest NewsJust now

देशको स्थायित्वका लागि राजसंस्था आवश्यक, मुद्दामा हीनताबोध छैन :  राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको स्थायित्वका लागि राजसंस्था आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनताबोध गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । शनिबार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement