Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

रिलायबल लाइफको इपिएस ११.४१ प्रतिशतले घट्याे,बीमाशुल्क र कोषमा भने उल्लेख्य सुधार

Share:WhatsAppFacebookX (Twitter)Telegram
रिलायबल लाइफको इपिएस ११.४१ प्रतिशतले घट्याे,बीमाशुल्क र कोषमा भने उल्लेख्य सुधार
Photo / Coverage: टक्सार

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपिएस) ११.४१ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म कम्पनीको इपिएसघटेर १७ रुपैयाँ ६३ पैसा भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको इपिएस १९ रुपैयाँ ९० पैसा रहेको थियो । कम्पनीको खुद नाफामा आएको सङ्कुचनका कारण प्रतिसेयर आम्दानी प्रभावित भएको हो। चालु आवको असोज मसान्तसम्म कम्पनीले २२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २५ करोड ८५ लाख रुपैयाँको तुलनामा ११.३९ प्रतिशतले कम हो । नाफा र इपिएसमा गिरावट देखिए पनि कम्पनीको मुख्य व्यवसाय र कोषको आकारमा भने आक्रामक वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोष ३५.३१ प्रतिशतले बढेर १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असोजसम्म यो कोष १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँमा सीमित थियो । त्यसैगरी, कम्पनीको कुल बीमाशुल्क आर्जन २३.०६ प्रतिशतले बढेर १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ पुगेको छ भने खुद बीमाशुल्क आर्जन २३.८५ प्रतिशतको वृद्धिसहित १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क र १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । हाल ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ चुक्तापुँजी रहेको रिलायबल लाइफको रिटेन्ड अर्निङ र महाविपत्ति कोषमा अघिल्लो असार मसान्तको तुलनामा राम्रो सुधार देखिएको छ। समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ २५.०७ प्रतिशतले बढेर १ अर्ब १ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ७.९७ प्रतिशतले वृद्धि भई ३१ करोड ३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ र महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ रहेको थियो। यसैगरी, कम्पनीको सेयर प्रिमियम अघिल्लो असार मसान्तकै हाराहारी अर्थात् १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ यथावत रहेको छ तर अन्य इक्विटी भने ७६.८७ प्रतिशतले घटेर ६३ लाख १४ हजार रुपैयाँमा झरेको छ, जुन अघिल्लो असार मसान्तसम्म २ करोड ७३ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पिई रेसियो) २६.०३ गुणा कायम भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा
Latest NewsJust now

सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा

• सुदूरपश्चिम प्रदेशको विकासका लागि 'बाँकाबीर नागरिक सरकार' गठन गर्ने घोषणा गरिएको छ, जसको प्रधानमन्त्री अनलाइन निर्वाचनमार्फत चयन हुनेछ। • नागरिक सरकारले शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा काम गर्ने र यसका लागि कृत्रिम बौद्धिकता र डिजिटल प्रविधिको प्रयोग गर्ने योजना बनाएको छ। • सुदूरपश्चिमका युवालाई डिजिटल माध्यमबाट अभियानमा सहभागी हुन आह्वान गरिएको छ र नागरिक सरकारको निर्वाचन कम खर्चिलो ...

नेपालबहस
चीन जाने रास्वपा टोलीले गर्‍यो सभापति रविसँग छलफल
Latest NewsJust now

चीन जाने रास्वपा टोलीले गर्‍यो सभापति रविसँग छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले चीन भ्रमणमा जानुअघि पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज बिहान उनीहरुले पार्टी सभापति लामिछानेसँग छलफल गरेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ । चीन भ्रमणकै सन्दर्भमा टोलीले पार्टी सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा सल्लाह गरेका हुन् । The post ...

कर्पोरट खबर
अर्को हप्ता चीनमा ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक संयुक्त भेटवार्ता गर्ने योजना
Latest NewsJust now

अर्को हप्ता चीनमा ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक संयुक्त भेटवार्ता गर्ने योजना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबिच अर्को हप्ता त्रिपक्षीय भेटवार्ता हुने भएको छ।  अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार यो भेट चीनमा हुने शिखर सम्मेलनका क्रममा हुनेछ।  ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले भनिन्, यो भेट दक्षिणी चिनियाँ सहर सेन्जेनमा हुन... ...

नेपालखबर
लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न सेवाका पदहरूमा दरखास्त आह्वान
Latest NewsJust now

लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न सेवाका पदहरूमा दरखास्त आह्वान

काठमाडौँ। लोक सेवा आयोगले निजामती, सङ्घीय संसद र राष्ट्रिय मानवअधिकार सेवाका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत वा सो सरह तथा स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका विभिन्न पदहरूका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play