Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा
Photo / Coverage: केन्द्रबिन्दु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख र स्थानीय जनश्रमदान रु एक लाख गरी कूल रु ११ लाखको लागतमा माछापुच्छ्रे सहिद पार्क निर्माण सम्पन्न भएको वडाध्यक्ष नारायण पौडेलले जानकारी दिए । पार्कमा सहिद स्तम्भ, प्रतीक्षालय र प्रवेशद्वार निर्माण गरिएको छ । सहिद स्तम्भमा माओवादी सशस्त्र सङ्घर्षका क्रममा कास्कीबाट सहिद बनेकाहरु, राणाशासन विरोधी आन्दोलन, प्रजातान्त्रिक तथा वाम आन्दोलन, झापा आन्दोलन र जनआन्दोलनलगायत विभिन्न परिवर्तनका आन्दोलनमा जीवन उत्सर्ग गर्नेको विवरण समेटिएको छ । पार्कको वरिपरि आगन्तुकका लागि विश्रामस्थल निर्माण गरिएको छ । समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचे डाँडा प्राकृतिक दृश्यावलोकनका दृष्टिले आकर्षक स्थान हो । यहाँबाट पोखरा बजार, आसपासका डाँडाकाँडा तथा हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । वडाध्यक्ष पौडेलले पार्क निर्माणपछि मैँचे डाँडामा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको बताए । “मैँचे डाँडा आफैँमा प्राकृतिक सुन्दरताले भरिएको स्थान हो । यहाँबाट पोखरा बजारसहित वरपरका डाँडाकाँडा र हिमालको राम्रो दृश्य देखिन्छ । पार्क निर्माणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, पौडेलले भने । मैँचे डाँडा विगतमा खुमई र कोर्चोङसम्मको पदयात्राका लागि प्रयोग हुने मार्गमा पर्दथ्यो । यहाँबाट ओदाने हुँदै खुमई जाने–आउने गरिए पनि पछिल्लो समय सरिपाखा र टुसे हुँदै खुमई पुग्ने पदमार्ग बढी प्रचलनमा आएपछि मैँचे डाँडाको पदयात्रा गतिविधि घटेको स्थानीय बताउँछन् । स्थानीय देवीलाल लामिछानेका अनुसार विगतमा मैँचे डाँडा चरन क्षेत्रका रूपमा परिचित थियो । यहाँ भैँसीका गोठ रहने गरेका थिए । मैँचे डाँडामा हालै प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । पोखरास्थित एरोडाइनामिक प्याराग्लाइडिङ कम्पनीले दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण केन्द्र सञ्चालन गरेपछि यस क्षेत्रमा थप पर्यटकीय गतिविधि सुरु भएका छन् । सहिद पार्क, प्राकृतिक दृश्यावलोकन, पुरानो पदमार्ग र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रलाई जोडेर पर्यटन गतिविधि विस्तार गर्न सके मैँचे डाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको अपेक्षा छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत हेमजाको मिलनचोक हुँदै लाहाचोकको पातीखोलाबाट मैँचे डाँडा पुग्न सकिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलको खेल तालिका सार्वजनिक
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलको खेल तालिका सार्वजनिक

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत महिला बास्केटबलका फुल कोर्ट र थ्रीएक्सथ्री विधाको खेल तालिका सार्वजनिक भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने प्रतियोगितामा दुवै विधाका खेल... ...

रातोपाटी
गाउँ रित्तिँदा वन्यजन्तुको आतङ्क
Latest NewsJust now

गाउँ रित्तिँदा वन्यजन्तुको आतङ्क

बागलुङ समाचारदाताबागलुङ, मङ्सिर ८ गते । बागलुङको जमैनी गाउँपालिका–२, दमेकका बस्ती र खेतबारी बसाइँसराइका कारण झाडीमा परिणत हुँदै जाँदा वन्यजन्तुको जोखिम बढेको छ । चितुवाले बाख्रा मा... ...

गोरखापत्र
नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो
Latest NewsJust now

नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ । जात्राको मुख्य दिन आज पूर्णिमाका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो । राजकुमार महासत्वले भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच ...

केन्द्रबिन्दु
कमेडियन विशाल भण्डारीको बालेन लक्षित कटाक्ष : ग्रेटर नेपालको नक्सालाई लाज लाग्यो होला
Latest NewsJust now

कमेडियन विशाल भण्डारीको बालेन लक्षित कटाक्ष : ग्रेटर नेपालको नक्सालाई लाज लाग्यो होला

काठमाडौँ । कमेडियन विशाल भण्डारीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषय नउठेको भन्दै असन्तुष्टि जनाएका छन् । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा शाहले कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्सा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement