Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

रास्वपा सांसद सिंहले सुरु गरे मेची-महाकाली पदयात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा सांसद सिंहले सुरु गरे मेची-महाकाली पदयात्रा
Photo / Coverage: कर्पोरट खबर

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले ६० दिने मेची–महाकाली पैदल यात्रा सुरु गरेका छन्। जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट सोमबार रास्वपा सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा पैदल यात्राको शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू रविन्द्र पटेल, मनीष झा, पुरुषोत्तम यादव र विनोद यादवसहित पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। डा. सिंहका अनुसार देशमा शान्ति स्थापना, राष्ट्रिय एकता सुदृढीकरण तथा नेपालीबीच आपसी सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले यात्रा सुरु गरिएको हो । ६० दिनसम्म सञ्चालन हुने यात्राका क्रममा सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका विषयलाई प्राथमिकताका साथ उठाइनेछ । यात्राका क्रममा विभिन्न गाउँबस्तीमा पुगेर स्थानीय नागरिकका समस्या, आवश्यकता र गुनासा सुन्ने तथा समाधानका लागि पहल गर्ने योजना रहेको सिंहले बताएका छन् । उनले यो यात्रा केवल पैदल यात्रा नभई जनतासँग प्रत्यक्ष जोडिने, देशको अवस्था बुझ्ने र परिवर्तनका लागि साझा संकल्प निर्माण गर्ने अभियान भएको बताएका छन् । सिंहले अभियान सफल बनाउन सम्पूर्ण नेपालीको साथ, सहयोग र समर्थनको अपेक्षासमेत गरेका छन् । The post रास्वपा सांसद सिंहले सुरु गरे मेची-महाकाली पदयात्रा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसको देउवा समूहले डा.कार्कीलाई बनायो प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्ष
Latest NewsJust now

कांग्रेसको देउवा समूहले डा.कार्कीलाई बनायो प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्ष

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा डा.अमितसिंह कार्कीलाई मनोनित गरेको छ । समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले प्रजातन्त्रवादी चिकित्सक... ...

रातोपाटी
जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छन्। नेपालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play