Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने
Photo / Coverage: नेपालन्युज

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको संकेतका रूपमा बुझ्न नहुने बताए । पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनको भनाइ थियो । सरकारलाई कहिलेकाहीँ सुझाव र आलोचना दिँदा अनावश्यक हल्ला हुने गरेको उल्लेख गर्दै उनले त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरे। सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न केन्द्रित रहेको उनले बताए। सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई परिवर्तनको अवसर दिएको उल्लेख गर्दै मधेशका जनताले त्यसको अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू मत माग्न नआउने बताए। जनतालाई झुक्याएर मत माग्ने राजनीति आफूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले प्राप्त अवसरलाई धोका नदिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीको उम्मेदवार बनाइदिने भन्दै केही व्यक्तिले अग्रिम रकम माग्न थालेको सूचना आफूले पाएको बताए। रास्वपाले अहिलेसम्म कसैलाई पनि निर्वाचनको टिकट दिने वाचा नगरेको स्पष्ट पार्दै उनले टिकट दिलाइदिने प्रलोभनमा रकम माग्ने व्यक्तिबाट सचेत रहन आग्रह गरे। ‘उम्मेदवार म बनाइदिन्छु, टिकट म दिलाइदिन्छु भनेर अग्रिम रकम मागिएको सुनिएको छ । म आज यही मञ्चबाट घोषणा गर्दछु कि त्यस्ता सबै अग्रिम रकम डुबे’, उनले भने। टिकटको प्रलोभन देखाएर रकम माग्ने व्यक्तिविरुद्ध नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै उनले पार्टीको विधि र विधानविपरीत आर्थिक लेनदेन गर्नेबारे सूचना दिनेलाई विशेष सम्मान गरिने बताए। ‘मधेशले मालिक खोजेको होइन, सेवक खोजेको हो। हामीले फेर्नुपर्ने हाम्रा सांसदको जीवनशैली होइन, मतदाताको जीवन फेर्नुपर्नेछ’, उनले भने।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘ककाकिकी’ ट्रेलर: गाउँमा अस्पताल बनाउन बैंक लुट्ने योजनाको कथा (ट्रेलरसहित)
Latest NewsJust now

‘ककाकिकी’ ट्रेलर: गाउँमा अस्पताल बनाउन बैंक लुट्ने योजनाको कथा (ट्रेलरसहित)

हास्य प्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ। यो चलचित्र यहि आउँदो मंसिर ११ गतेबाट प्रदर्शन हुने तयारीमा छ। यसैबिच आज (शनिबार) काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा चलचित्रका मुख्य विषयहरुलाई समेटिएको छ। ट्रेलरले बताए अनुसार कुलेबारी गाउँका मानिसहरु गाउँमा... ...

नेपालखबर
इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ
Latest NewsJust now

इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले महेश श्रेष्ठलाई कीर्तिपुरबाट पक्राउ गरिएको पुष्टि गरे । ...

कान्तिपुर
तामाङ संस्कार तथा संस्कृति निर्देशिकालाई समृद्ध बनाउने प्रयास
Latest NewsJust now

तामाङ संस्कार तथा संस्कृति निर्देशिकालाई समृद्ध बनाउने प्रयास

तामाङ समुदायमा जन्मदेखि मृत्युसम्मका विविध संस्कार, संस्कृतिमा एकरुपता ल्याउने गरी 'तामाङ संस्कार तथा संस्कृति निर्देशिका'लाई समयानुकूल परिमार्जन गर्न लागिएको हो । ...

कान्तिपुर
‘मलाई कहिल्यै राजनीतिप्रति रुचि थिएन’
Latest NewsJust now

‘मलाई कहिल्यै राजनीतिप्रति रुचि थिएन’

राजीव नरहेपछि मेरो वरिपरिको हरेक कुराले मेरो पीडालाई प्रतिध्वनित गरिरह्यो । उनको सम्झनासँग जोडिएका कामहरूमा मैले केही सान्त्वना पाउँथेँ । तर सार्वजनिक कार्यक्रममा उपस्थित हुनुपर्ने अवस्था आउँदा आफ्नै कमजोरीसँग सामना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play