काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदसहितको प्रतिनिधिमण्डल ११ दिने भ्रमणका लागि आज चीन प्रस्थान गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डल चीन गएको हो। भ्रमण टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी छन्। भ्रमणका क्रममा टोलीले चीनका विभिन्न सहरको अवलोकन गर्ने कार्यक्रम छ। प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका क्षेत्रको भ्रमण गर्नेछ।
रास्वपाका २० सांसद ११ दिने भ्रमणका लागि चीन प्रस्थान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


.jpg)


