काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाटजस्ता गतिविधिले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिगारेको बताएका छन् । तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्वका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले झुट, हिंसा र विध्वंसको प्रवृत्तिप्रति आपत्ति जनाएका थिए । यस्ता गतिविधिले नेपाली जातिको विश्वभर बदनाम भएको उनको भनाइ थियो । ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति र सुव्यवस्था स्थापित गर्नुपर्नेमा जोड दिए। बुद्धको उपदेशअनुसार शान्तिको संस्कृतिलाई देशव्यापी बनाउनुपर्ने भन्दै उनले घृणा फैलाउनुको सट्टा सांस्कृतिक तथा शैक्षिक माध्यमबाट मानिसको सोच र व्यवहारमा सुधार ल्याउनुपर्ने बताए । नेपाली जाति परिश्रमी र निर्माणशील रहेको उल्लेख गर्दै उनले मौलिक कला तथा संस्कृतिले मानिसको मनोभाव र आचरणलाई सकारात्मक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । The post राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गरेर नेपालको बदनाम गरियो: अध्यक्ष ओली appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गरेर नेपालको बदनाम गरियो: अध्यक्ष ओली

Read Complete Original Article
Published originally on कर्पोरट खबर






