शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले वृहत् राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन छुट्टै संयन्त्र निर्माण गरिने बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँगको छलफलका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता घरेलु खेलकुदको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता भएकाले यसको आयोजना प्रणालीलाई व्यवस्थित बनाइने बताएका हुन् । उनले विगतमा वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता झारा टार्ने शैलीमा आयोजना हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाए । ‘वृहत् ...
राष्ट्रिय खेलकुद व्यवस्थित बनाउन छुट्टै संयन्त्र बनाइने : मन्त्री पोखरेल

Read Complete Original Article
Published originally on फरकधार






