Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै, पदक तालिकामा बागमती अगाडि

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै, पदक तालिकामा बागमती अगाडि
Photo / Coverage: कर्पोरट खबर

सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आइतबार आठ खेल हुँदैछन् । आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनिस प्रतियोगिता हुनेछन् । आयोजकका अनुसार टेनिस प्रतियोगिता बर्दियामा हुनेछ भने अन्य सात खेल सुर्खेतमै सञ्चालन हुनेछन् । महिला क्रिकेट र महिला बास्केटबल वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछन् भने पुरुष क्रिकेट कालुञ्चोक मैदानमा र पुरुष फुटबल सेनाको राजदल गणमा सञ्चालन हुनेछ । त्यसैगरी, बक्सिङ मुख्य कभर्डहल, जिम्न्यास्टिक मिनी कभर्डहल र फुलकन्ट्याक्ट कराते ब्याडमिन्टन कभर्डहलमा हुनेछ । प्रतियोगिताअन्तर्गत मंसिर ८ गतेदेखि विभिन्न खेल अनौपचारिक रूपमा सञ्चालन हुँदै आएका छन् । पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् । प्रतियोगिताको उद्घाटन मङ्सिर १६ गते प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने तालिका रहेको छ । प्रतियोगिताको पाँचौँ दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमती प्रदेशले १९ स्वर्ण, १२ रजत र १४ कांस्यसहित कुल ४५ पदक जित्दै पहिलो स्थान कायम गरेको छ । गैरआवासीय नेपाली संघ १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेपाली सेनाले ११ स्वर्ण, २० रजत र १९ कांस्यसहित सर्वाधिक ५० पदक जिते पनि स्वर्ण पदकका आधारमा तेस्रो स्थानमा रहेको छ । नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १८ कांस्यसहित ४१ पदक जितेर चौथो स्थान हासिल गरेको छ । पाँचौँ स्थानमा रहेको गण्डकी प्रदेशले ४ स्वर्ण, १ रजत र ४ कांस्यसहित ९ पदक जितेको छ । कोशी प्रदेशले ४ स्वर्ण, १ रजत र १ कांस्यसहित ६ पदक जित्दा सशस्त्र प्रहरी बलले ३ स्वर्ण, १ रजत र १ कांस्यसहित ५ पदक जितेको छ । लुम्बिनी प्रदेश २ स्वर्ण, ६ रजत र ३ कांस्यसहित सातौँ, सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ५ रजत र २ कांस्यसहित आठौँ स्थानमा छन् । मधेश प्रदेशले २ कांस्य पदक जितेको छ भने आयोजक कर्णाली प्रदेशले पाँचौँ दिनसम्म कुनै पदक जित्न सकेको छैन । The post राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै, पदक तालिकामा बागमती अगाडि appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
Latest NewsJust now

धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

• नेपालगञ्जको श्री १००८ हडियाबाबा आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको छ र ६१औँ पुण्यस्मृति दिवसको अवसरमा ठूलो मेला आयोजना गरिएको छ। • मेलामा नेपाल र भारतका ७०० भन्दा बढी साधुसन्त र भक्तजन सहभागी भएका छन्, जसले भजनकीर्तन र प्रवचन कार्यक्रमहरूमा भाग लिइरहेका छन्। • आश्रममा हडियाबाबाको समाधि, मन्दिर र बगैँचा रहेको छ, जहाँ भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास ...

नेपालबहस
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
Latest NewsJust now

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताए । सुर्खेतमा आयोजित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement