काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार शित्तल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जानु अघि राष्ट्रपतिलाई ब्रिफिङ नगरेको र फर्केपछि पनि भेट नगरेको अवस्थामा सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका छन् । यसअघि लामिछानेसँग प्रधानमन्त्री शाहले बिहीबार करिब पाँच घन्टा छलफल गरेका थिए । The post राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

Read Complete Original Article
Published originally on कर्पोरट खबर






