Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेलद्वारा छठीमाताको पूजा र अर्घदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलद्वारा छठीमाताको पूजा र अर्घदान
Photo / Coverage: नेपालन्युज

काठमाडौं।छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घदान गरेका छन्। प्रथम महिला सविता पौडेलसहित छठ पूजा स्थल पुगेका राष्ट्रपति पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेका थिए। राष्ट्रपति पौडेलले उद्घाटन गरेसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६०० भन्दाबढी छठ घाट अर्थात् पूजास्थलमा जम्मा भएका व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिएर छठ पर्व मनाउँदै छन्। राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं सदस्यहरु तथा छठ पूजा समिति तथा गुह्येश्वरीका पदाधिकारी एवं सदस्यहरुले स्वागत गरेका थिए। चार दिने छठ पर्वको मुख्य एवं तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ दान गरेका व्रतालु रातभर छठ घाटमै जाग्राम बस्छन्। कार्तिक शुक्ल सप्तमीका दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दान गरेपछि छठ पर्व समाप्त हुन्छ। छठ घाटमा बस्न नसक्ने व्रतालु भने आज बेलुकीको कर्म सकेर सोमबार बिहानै घाटमा पुगी व्रत समापन गर्छन्। छठ पर्वमा सहभागी हुने क्रममा पशुपति क्षेत्रमा हजारौं भक्तजनको उपस्थिति रहेको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ पर्व मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको सूर्य पुराणमा उल्लेख छ। पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ। यस पर्वमा व्रत बस्न नसक्ने व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका र व्रत गर्न इच्छुकलाई गुह्येश्वरीमा आई निःशुल्क रुपमा व्रत बस्नसक्ने व्यवस्था गरिएको पनि अध्यक्ष सिंहले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भक्तपुरमा तराईको झल्को, झकिझकाउ पोखरी र खोला : मनाइयो छठ
Latest NewsJust now

भक्तपुरमा तराईको झल्को, झकिझकाउ पोखरी र खोला : मनाइयो छठ

भक्तपुर । आजको मिरमिरे साँझ भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ छ । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रतालुको भीड देखिन्छ । बाँकी तीन छेउ... ...

रातोपाटी
हङकङमा हुने इन्टरपोलको महासभालाई भूराजनीतिले असर गर्दैन : प्रहरी प्रमुख
Latest NewsJust now

हङकङमा हुने इन्टरपोलको महासभालाई भूराजनीतिले असर गर्दैन : प्रहरी प्रमुख

हङकङका प्रहरी प्रमुख जो चाउले सहरमा हुन लागेको अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को आगामी महासभामा भूराजनीतिक तनावका कारण सहभागी राष्ट्रहरूको उपस्थितिमा असर नपर्ने बताएका छन्। उनले अन्तरदेशीय प्रहरी सहकार्य अपरिहार्य रहेको पनि स्पष्ट पारेका छन्। नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म हङकङमा आयोजना हुने महासभामा अमेरिका तथा युरोपेली मुलुकहरूले आफ्ना प्रतिनिधि पठाउला... ...

नेपालखबर
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न
Latest NewsJust now

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न

महोत्तरी। लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आइतबार साँझ सम्पन्न गरिएको छ। मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो। नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित मनोरम घाटमा व्रतालुले आज साँझ अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका हुन्। सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ ५:१० बजेको समयमा सूर्यास्त ...

केन्द्रबिन्दु
छठका व्रतालुले चढाए अस्ताउँदो सूर्यलाई अर्घ
Latest NewsJust now

छठका व्रतालुले चढाए अस्ताउँदो सूर्यलाई अर्घ

जनार्जन खत्रीसर्लाही, कात्तिक २९ गते । छठ पर्वका व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ अर्पण गरेका छन् । पानीमा डुबेर सूर्यलाई अर्घ चढाएसँगै व्रतालु बत्ती जगा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play