काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले चितवन राइनाेजलाई १८१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रनको सम्मानजनक योगफल खडा गरेको हो। काठमाडौंका लागि रसिद खानले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ३० बलमा २ चौका र ४ छक्काको मद्दतले ५२ रन बनाए। त्यस्तै, सहर अराचचिगेले २० बलमा ३३ रन, विलियम बोसिस्टोले २२ बलमा २७ रन तथा कप्तान करण केसीले मात्र ७ बलमा ३ छक्का प्रहार गर्दै विस्फोटक २० रन जोडे। चितवनका तर्फबाट बलिङमा रिजन ढकालले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट हात पारे भने कमल ऐरी र सिकन्दर राजाले २-२ विकेट लिए।
राशिद खानको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






