Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

राप्ती नदी किनारमा छठ पर्वको तयारी अन्तिम चरणमा, सजाइयो पूजा स्थल

Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्ती नदी किनारमा छठ पर्वको तयारी अन्तिम चरणमा, सजाइयो पूजा स्थल
Photo / Coverage: अनलाइनपाना

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदी किनारमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वलाई लक्षित गर्दै राप्ती पुलमाथिको नदी किनारमा पूजा स्थल सजाउने तथा व्यवस्थापन गर्ने कामलाई तीव्रता दिइएको छ। छठ पूजा समारोह समितिका अनुसार व्रतालुहरूलाई सहज रूपमा पूजा तथा आराधना गर्न मिल्ने गरी नदी किनारमा टेन्ट निर्माण गरिएको छ । साथै, पूजा स्थलको सरसफाइ, सजावट र आवश्यक व्यवस्थापनका कामसमेत सम्पन्न हुने चरणमा पुगेका छन् । यस वर्ष पनि छठ पर्वलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा मनाउने उद्देश्यले नदी किनारलाई आकर्षक ढङ्गले सिँगारिएको छ । व्रतालु तथा भक्तजनको सुविधालाई ध्यानमा राख्दै पूजा स्थलमा आवश्यक व्यवस्थापन मिलाइएको समितिले जनाएको छ । छठ पर्व नजिकिँदै जाँदा राप्ती नदी किनारमा चहलपहल बढेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठ पर्वका लागि हेटौँडामा समेत विशेष तयारी गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ। टर्कीको राजधानी अन्ताल्यामा जारी कोप-३१ का क्रममा दुई देशबीच सम्झौता भएको हो।  पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविध... ...

नेपालखबर
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने
Latest NewsJust now

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए । ...

कान्तिपुर
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

टर्की – नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको सम्झौताले २ देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना […] ...

काठमाण्डुपाटी
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त
Latest NewsJust now

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्सम्यानले संघर्ष गरे । सुस्त... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play