काठमाडौं। काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको रात्रि बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश ०२-००१ ख १५६३ नम्बरको बसमा यात्रा गरिरहेकी महिलामाथि हातपात र दुर्व्यवहार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार बिहीबार ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटैनाका २१ वर्षीय शमिर विष्ट र २४ वर्षीय अनिल नाथ रहेका छन्। त्यस्तै, भीमदत्त नगरपालिका-३ तिलकेनीका २१ वर्षीय जीवन बम पनि पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।
रात्रि बसमा महिलामाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






