Friday, November 20, 2026||
MultiKhabarMultiKhabar

राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन
Photo / Coverage: कर्पोरट खबर

विराटनगर। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका लागि शुक्रबार मोरङको विराटनगर आइपुगेका उनले यस्तो निर्देशन दिए । मोरङको रानीस्थित विराटनगर भन्सार कार्यालयको एकीकृत भन्सार जाँचपास चौकीको स्थलगत अवलोकनपछि उनले भन्सार प्रशासनलाई राजस्व चुहावट रोक्न निर्मम भएर लाग्न र लक्ष्यअनुसार संकलनमा विशेष ध्यान दिन निर्देशन दिए । राजस्व संकलनका लागि कार्यालयलाई चाहिने पूर्वाधार र अन्य सबैखाले सहयोगका लागि मन्त्रालयलाई निर्धक्क भएर भन्न भन्दै मन्त्री डा.वाग्लेले लक्ष्यभन्दा तल राजस्व संकलन गर्ने कार्यालयहरू नोटिसमा पर्ने चेतावनीसमेत दिए । “राजस्व चुहावट रोक्न सबै कदम चाल्नुहोस्। त्यसमा शून्य सहनशीलताको नीति लिनुहोस्। राजस्व संकलनको ऐतिहासिक राष्ट्रिय लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्नुहोस्,” अर्थमन्त्री डा. वाग्लेले भने “राजस्व संकलनको लक्ष्य प्राप्तिका आधारमा भन्सार कार्यालयहरू र यसको नेतृत्वको मूल्यांकन गरिनेछ।” उनले सरकारको “मिसन १६ खर्ब” राजस्व लक्ष्यलाई आत्मसात् गर्न पनि निर्देशन दिए । भन्सार प्रशासनमा दस्तुर वा थप दस्तुर लाग्ने झन्झट आफूले सुन्न नपरोस् भन्दै अर्थमन्त्री वाग्लेले राजस्व ठग्ने र छल्नेलाई भन्सार क्षेत्रमा संरक्षण कदापि हुनु नहुने बताए । विराटनगर भन्सारको कार्यसम्पादन छिटोछरितो बनाउन आवश्यक पूर्वाधार विकासका लागि कुनै माग भए स्पष्ट राख्न पनि उहाँले भन्सार प्रशासनलाई निर्देशन दिए । उनले व्यापार प्रवर्द्धन र राजस्व संकलनलाई एकसाथ सरल र सहज ढंगबाट परिचालन गरेर व्यावसायिक वातावरण बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको स्पष्ट पारे । कार्यक्रममा राजस्व महाशाखा प्रमुखसमेत रहेका निमित्त अर्थसचिव डा.सुमन दाहालले भन्सार बिन्दुमा लागू गरिएको एमआरपी घोषणालाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।उनले भन्सार क्षेत्रमा दुईवटा गेट बनाउन जरुरी रहेको बताउँदै अनलाइन मूल्यांकनको प्रभावकारिताका सन्दर्भमा थप छलफल जरुरी रहेको बताए । सो क्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले कार्यालयको दैनिक कामकारबाहीबारे प्रस्तुति दिए । The post राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?
Latest NewsJust now

१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ- १. दलहरुसँग आयोगको छलफल निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश... ...

रातोपाटी
बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो
Latest NewsJust now

बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । हरि बोधिनी एकादशीका अवसरमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको शुत्रबार घुइँचो लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म पाँच दिन बुढानीलकण्ठ मन्दिरमा भक्तजन पूजा, आराधना एवं... ...

रातोपाटी
इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै
Latest NewsJust now

इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

काठमाडौं – नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर (करिब रु नौ अर्ब) बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ। दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास इको ब्रिक्स र जलवायु प्रविधि विकास गर्ने कम्पनी इनोसिएसआरको सहकार्यमा यो कार्यक्रम अघि बढाउन लागिएको हो। दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाका अनुसार यस योजनाअन्तर्गत आगामी तीन वर्षभित्र मुलुकभरका ३०० ...

नेपालन्युज
बत्तीस जना सहसचिवको सरुवा
Latest NewsJust now

बत्तीस जना सहसचिवको सरुवा

नगेन्द्र सापकोटाकाठमाडौँ, मङ्सिर ४ गते । सरकारले राजपत्राङक्ति प्रथम श्रेणीका सहसचिवहरुको सरुवा गरेको छ । शुुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न सेवा र समूूहमा कार्यारत ३२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play