काठमाडौं । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट सो गोली फेला पारेको हो । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । The post राइफलको गोलीसहित एक जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
राइफलको गोलीसहित एक जना पक्राउ

Read Complete Original Article
Published originally on कर्पोरट खबर






