Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै
Photo / Coverage: टक्सार

काठमाडौँ । राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि पुष २ गतेसम्म काठमाडौंको गोकर्नेस्वर ग्राउण्डमा आयोजना हुने भएको छ। बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगितामा जम्मा १६ टिमहरूको सहभागिता रहनेछ । जिल्ला स्तरका खेलाडीहरुका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ, जसले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने विश्वास आयोजकले लिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार ३५ हजार तोकिएको छ। साथै, म्यान अफ द सिरिजलाई किटब्याग प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान लाई ब्याट र उत्कृष्ट बलर लाई क्रिकेट जुत्ता प्रदान गरिनेछ। राइजिङ स्टार यू-१२ व्वाइज ओपन क्रिकेट प्रतियोगिताले भविष्यका क्रिकेट प्रतिभाहरू उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिता ह्वाइट ड्रेसमा ४० ओभरको हुनेछ। टुर्नामेन्टका निर्देशक सुनिलमान अमात्यले अन्डर-१२ सेतो डे्स र रातो बलमा पहिलोपटक नेपालमा हुन गईरहेको जानकारी दिए । टुनामेन्टका प्राबिधक निर्देशक रविन्द्र गुप्ताले १६ टीम ४ ग्रुपमा बिभाजन गरिएको छ साथै भोलिको उद्घाटन खेल राईजिक स्टार र सिईसि भक्तपुर विच खेल हुने जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
Latest NewsJust now

चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाको सहयोगमा सिसर्काबाट समुन्द्रि सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङ धुरीको दृष्य अवलोकनस्थल जोड्ने पाँच... ...

रातोपाटी
असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब
Latest NewsJust now

असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि यस शीर्षकमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएको थियो। असोज मसान्तसम्ममा मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ ...

नेपालन्युज
रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड
Latest NewsJust now

रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड

अमेजन एमजीएम स्टुडियोले सोमबार आधिकारिक घोषणा गर्दै ड्यानियल क्रेगपछि ००७ को भूमिकामा प्याटिन्सनलाई चयन गरेको जनाएको छ । ...

कान्तिपुर
खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड
Latest NewsJust now

खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

काठमाडौँ, कात्तिक ३० गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्दे... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play