काठमाडौं । राइजिङ स्टार्स एसिया कप क्रिकेटको उपाधिका लागि साबिक विजेता पाकिस्तान ‘ए’ र श्रीलंका ‘ए’ भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’ लाई ५ विकेटले पराजित गर्दै पाकिस्तान ‘ए’ ले फाइनलमा स्थान सुरक्षित गरेसँगै उपाधि भिडन्त तय भएको हो । पाकिस्तानले प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो छैटौँपटक हो । गत वर्षको फाइनलमा बंगलादेश ‘ए’ लाई नै पराजित गर्दै उपाधि जितेको पाकिस्तान यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । बंगलादेशलाई सेमिफाइनलमा हराएपछि पाकिस्तान लगातार दोस्रोपटक उपाधि जित्ने अभियानमा अघि बढेको छ । प्रतियोगिताको इतिहासमा सफल टोलीमध्ये एक पाकिस्तानका लागि छैटौँ फाइनल यात्रा अर्को उपाधि थप्ने अवसरसमेत हो । पाकिस्तानको उपाधि यात्रामा अब श्रीलंका ‘ए’ चुनौतीका रूपमा उभिएको छ । पहिलो सेमिफाइनलमा उपाधिको प्रमुख दाबेदार मानिएको भारत ‘ए’ लाई पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान बनाएको थियो । भारतलाई हराउँदै फाइनल पुगेको श्रीलंका पाकिस्तानको उपाधि रक्षा अभियान रोक्ने दाउमा हुनेछ । फाइनल खेल आइतबार हुनेछ । प्रतियोगितामा नेपालको प्रदर्शन भने निराशाजनक रह्यो । नेपालले पहिलो खेलमै भारत ‘ए’ विरुद्ध २६ रनमा अलआउट हुँदै लज्जास्पद हार बेहोरेको थियो । त्यसपछि दोस्रो खेलमा युएईलाई पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको थियो । तर, तेस्रो खेलमा पाकिस्तानसँग पराजित भएपछि नेपालको यात्रा समूह चरणमै सीमित भयो । पहिलो खेलमा भारतसँगको हारपछि सुधारिएको प्रदर्शन देखाउने प्रयास गरे पनि नेपालले प्रतियोगितामा अपेक्षित नतिजा निकाल्न सकेन ।
राइजिङ स्टार्स एसिया कप : उपाधिका लागि पाकिस्तान र श्रीलंका ‘ए’ भिड्ने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






