Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

राइजिङ स्टार्स एसिया कपका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राइजिङ स्टार्स एसिया कपका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि सन्दीपको नेतृत्वमा टोली सार्वजनिक गरेको हो । घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, राशिद खान, लोकेश बम र नन्दन यादव रहेका छन् । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । त्यस्तै, समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन् । प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली सहभागी गराउनेछन् । नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोलीसमेत सहभागी गराउन पाउने व्यवस्था छ । यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ । नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल नोभेम्बर २९ मा हुनेछ । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो । प्रिमियर कपमा दोस्रो भएको यूएई र तेस्रो स्थान हासिल गरेको हङकङले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद :  सुदूरपश्चिमबाट ४८ खेलाडी छनोट
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ४८ खेलाडी छनोट

महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट आज थप ४८ खेलाडी छनोट भएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा जारी विभिन्न आठ वटा खेलमा आज भएको... ...

रातोपाटी
एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
Latest NewsJust now

एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा गत सिजनका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।  लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाज पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि पहिलो क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लागेको हो। आठ टोली सहभागी लिगबाट पोखरा र कर्णालीसँगै जनकपुर बोल्ट्स र विराटनगर किंग्स अन्तिम चारबाट बाहिर... ...

नेपालखबर
पहिलो १० ओभरमा योजना अनुसार रन बनाउन सकेनौँ : कप्तान करण
Latest NewsJust now

पहिलो १० ओभरमा योजना अनुसार रन बनाउन सकेनौँ : कप्तान करण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि काठमाण्डु गोर्खाजका कप्तान करण केसीले ब्याटिङमा योजनाअनुसार खेल्न नसक्दा हार बेहोर्नुपरेको बताएका छन् । लिग चरणको अन्तिम खेलमा... ...

रातोपाटी
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध
Latest NewsJust now

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

तिलाचन पाण्डेगुल्मी, कात्तिक २९ गते । सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाका अनुसार हर्मिचौर पूर्तिघाट सडक ख... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play