काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको बलियो लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनाएको हो। विराटनगरका लागि ब्याटरद्वय लोकेश बम, इमरान शेख र रसेलले उत्कृष्ट अर्धशतकीय पारी खेले। इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन जोडे भने लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको योगदान दिए। त्यस्तै, अन्तिमतिर आक्रामक ब्याटिङ गरेका एन्ड्रे रसेलले मात्र २८ बलमा २ चौका र ५ छक्काको मद्दतले अविजित ५१ रन बनाए। जनकपुर बोल्ट्सका लागि अभिषेक तिवारीले ३.५ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे।
रसेलको फिनिसिङ अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






