Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जना नेपाली नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट प्राप्त यकिन विवरणका आधारमा बेपत्ता नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिकको विवरणसमेत प्रस्तुत गरिएको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा ९३० मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था रहेको छ । यसअघि नेपाली नागरिकको विवरण सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा सङ्कलन गरिएको थियो । विदेशी नागरिकको हकमा भने सम्बन्धित मुलुकका नेपालस्थित नियोगबाट प्राप्त विवरणका आधारमा दाबी सङ्कलन गरिएको हो । यसैबीच, समितिको बैठकले ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र, २०८३/२०८७’ स्वीकृत गरेको छ । मार्गचित्रअनुसार २०८७ सालसम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना प्रणालीको पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ । त्यस्तै, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ तथा कार्ययोजना २०८३र८४ देखि २०९१/९२ सम्मका लागि स्वीकृत गरेको छ । वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३/२०८७ पनि बैठकबाट स्वीकृत भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सरकार फेरिँदैमा प्रेस स्वतन्त्रताको मूल्य परिवर्तन हुनु हुँदैन : मुख्यमन्त्री मगर
Latest NewsJust now

सरकार फेरिँदैमा प्रेस स्वतन्त्रताको मूल्य परिवर्तन हुनु हुँदैन : मुख्यमन्त्री मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकार अस्थायी भए पनि लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रता स्थायी हुनुपर्ने बताएका छन् । ...

कान्तिपुर
शाहरुख खानको ‘किङ’ २० वर्षयताकै लामो फिल्म बन्नसक्ने चर्चा
Latest NewsJust now

शाहरुख खानको ‘किङ’ २० वर्षयताकै लामो फिल्म बन्नसक्ने चर्चा

मुम्बई । शाहरुख खान आगामी फिल्म ‘किङ’ का कारण चर्चामा छन् । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसको विषयमा नयाँ–नयाँ जानकारीहरू बाहिर आइरहेका छन् । यसैबिच फिल्मको लम्बाई (रनटाइम) लाई... ...

रातोपाटी
टिपताला नाका सञ्चालनको माग
Latest NewsJust now

टिपताला नाका सञ्चालनको माग

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, मङ्सिर ११ गते । चीनसँग सीमा जोडिएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती ओलाङचुङ्गोलामा लामो समयपछि सवारीसाधन पुगेपछि स्थानीयले टिपताला नाका सञ्चालन, अन्... ...

गोरखापत्र
बाढीपीडित बालबालिकाको संरक्षणका लागि मासिक १७ हजार पाँच सय सहायता
Latest NewsJust now

बाढीपीडित बालबालिकाको संरक्षणका लागि मासिक १७ हजार पाँच सय सहायता

रसुवा, मङ्सिर ११ गते । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ ।बाढी... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement