Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

रवि लामिछानेको प्रतिबद्धता- दैलेखको ग्यास उत्खननलाई सरकारले उच्च प्राथमिकता दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
रवि लामिछानेको प्रतिबद्धता- दैलेखको ग्यास उत्खननलाई सरकारले उच्च प्राथमिकता दिने
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका-१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् । सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए । अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा गरिए पनि एक वर्षयता परीक्षणको काम रोकिँदा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, “पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ । उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो । प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझ्नुपर्छ ।” सभापति लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए । उनले प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घन मिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रहेको उल्लेख गरे । नेपाल र चीनबीचको समझदारीअनुरूप विसं २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको हो । “हामीले आम नागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,” सभापति लामिछानेले भने, “यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ । विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ, सिङ्गो कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउनुहुनेछ ।” यसअघि उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि
OthersJust now

अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि

अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको छ । पछिल्लो अध्ययनले एक दशकको अवधिमा नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या झन्डै पाँच गुणाले वृद्धि भएको देखाएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२६ मा सार्वजनिक अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् । अध्ययनले सन् २०१४ मा यस्तो जनसंख्या ...

पर्दाफास
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
OthersJust now

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

१३ मंसिर, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ । भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको… ...

अनलाइन खबर
राष्ट्रपति डोनाल्ड ट्रम्पले सेयर गरे ‘द गडफादर’ शैलीको ‘भिटो कोर्लियोन’ मिम
OthersJust now

राष्ट्रपति डोनाल्ड ट्रम्पले सेयर गरे ‘द गडफादर’ शैलीको ‘भिटो कोर्लियोन’ मिम

१३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित चलचित्र 'द गडफादर' को मुख्य पात्र भिटो कोर्लियोनको शैलीमा तयार पारिएको एक राजनीतिक मिम सार्वजनिक गरेका छन्। ट्रम्पले यो तस्वीर थ्याङ्क्सगिभिङका दिन सार्वजनिक गरेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा 'भिटो कोर्लियोन' शीर्षकको उक्त ग्राफिक सेयर गरेपछि यसले सामाजिक सञ्जाल र समाचार माध्यमहरूमा… ...

अनलाइन खबर
घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
OthersJust now

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

१३ मंसिर, काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो खेलमा ४–० को हार बेहोरेको छ । आइतबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई ब्रेन्टफोर्डले ४–० ले पराजित गरेको हो । मौरिसियो पोचेटिनोको प्रशिक्षणमा ओल्ड ट्राफोर्डमा खेलेको पहिलो खेलमै युनाइटेडले निराशाजनक हार बेहोरेको छ । ब्रेन्टफोर्डको जितमा कलम विल्सनले दुई तथा क्रिस्टोफर एजेर र केभिन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement