Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

रवि लामिछानेको आग्रह- अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
रवि लामिछानेको आग्रह- अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँ
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गरी अभिव्यक्ति र गतिविधि नगर्न आग्रह गरेका छन् । शुक्रबार चितवनमा आफ्नो धारणा राख्दै उनले अदालतका विषयमा सुनेका भरमा वा लेखिएका आधारमा टिप्पणी गर्दा संस्थाको गरिमा र विश्वसनीयता कमजोर हुने बताएका हुन् । अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत संगठन र प्रेसलगायतका संस्थाहरू कमजोर भए समग्र देश र लोकतन्त्र नै कमजोर हुने लामिछानेको भनाइ छ । ‘अदालतलगायत राज्यका संस्थाहरूका बारेमा सुनेका वा लेखिएका आधारमा हचुवाका भरमा टिप्पणी गर्दा ती संस्थाहरू कमजोर हुन्छन्,’ उनले भने, ‘अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, प्रेस, पेसागत संगठन र वैदेशिक सम्बन्धजस्ता राज्यका सबै आधारस्तम्भ कमजोर भएमा अन्ततः देश र लोकतन्त्र नै कमजोर हुन्छ ।’ कमजोर लोकतन्त्रले ठूला कुरा गर्न सक्ने भए पनि प्रभावकारी काम गर्न नसक्ने टिप्पणी गर्दै उनले अभिव्यक्ति, गतिविधि र निर्णयमार्फत लोकतन्त्रका महत्वपूर्ण स्तम्भलाई कमजोर बनाउन नहुने बताए । राज्यका संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिँदै लामिछानेले प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप बलियो बनाउनुपर्ने बताए । सीआईबी सक्षम भए पद र हैसियतमा रहेका व्यक्तिलाई समेत अनुसन्धानको दायरामा ल्याउन सकिने उनको भनाइ छ । ‘प्रहरी र सीआईबीजस्ता अनुसन्धान निकायलाई यति सक्षम बनाउनुपर्छ कि पद वा प्रतिष्ठाको प्रभावबिना जोसुकै व्यक्तिमाथि पनि निष्पक्ष अनुसन्धान हुन सकोस्,’ उनले भने । भ्रष्टाचारमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि कमजोर अनुसन्धानका कारण अदालतबाट छुट्ने अवस्था आउन नहुने उल्लेख गर्दै उनले अनुसन्धानलाई तथ्यपरक र प्रमाणमा आधारित बनाउनुपर्ने बताए । ‘अनुसन्धान यति तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्छ कि भ्रष्टाचारमा संलग्न व्यक्तिले कानुनी प्रक्रियाबाट उन्मुक्ति पाउने अवस्था नआओस्,’ लामिछानेले भने, ‘त्यसैले हामीले खोजेको अनुसन्धान प्रणाली भनेको निष्पक्ष, सशक्त र प्रमाणमा आधारित अनुसन्धान प्रणाली हो ।’ राज्यका अनुसन्धान गर्ने निकाय सक्षम र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै लामिछानेले आफूहरूले खोजेको संस्थागत सुधार त्यही भएको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने
OthersJust now

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

२० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । राप्रपाको बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको उक्त निर्णय गरेको हो । सक्रिय सदस्यको इन्ट्री बुधबार राति बन्द भइसकेको सन्दर्भमा इन्ट्री भएका सदस्यहरुको तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाइसक्नुपर्ने निर्णय समितिको बैठकले गरेको हो । त्यस्तै, सदस्यतामा… ...

अनलाइन खबर
संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे
OthersJust now

संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे

मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल संसदीय सुनुवाइ समितिबाट आफूलाई अन्याय भएको भन्दै कानुनी उपचार खोज्न सर्वोच्च अदालत पुगेका छन् । ...

अनलाइन खबर
यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
OthersJust now

यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

सरकारले चालु आवभित्र ३० अर्ब रुपैँया बराबरको विद्युत भारत–बंगलादेशमा निर्यात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट गत वर्षको तुलनामा बढी विद्युत् बेच्ने योजना बनाएको हो । प्राधिकरणकाअनुसार यस वर्ष विद्युत निर्यातबाट ३० अर्ब रुपैयाँको विजुली निर्यात गर्ने योजना छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालसम्म करिव २४–२५ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भइसकेको ...

पर्दाफास
नवनियुक्त आईजीपी केसीको सक्रियता, देशभरका प्रहरी प्रमुखहरूलाई विशेष निर्देशन
OthersJust now

नवनियुक्त आईजीपी केसीको सक्रियता, देशभरका प्रहरी प्रमुखहरूलाई विशेष निर्देशन

काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसीले नजिकिँदै गरेको चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्व दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play