Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
Photo / Coverage: पर्दाफास

सरकारले चालु आवभित्र ३० अर्ब रुपैँया बराबरको विद्युत भारत–बंगलादेशमा निर्यात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट गत वर्षको तुलनामा बढी विद्युत् बेच्ने योजना बनाएको हो । प्राधिकरणकाअनुसार यस वर्ष विद्युत निर्यातबाट ३० अर्ब रुपैयाँको विजुली निर्यात गर्ने योजना छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालसम्म करिव २४–२५ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भइसकेको यो वर्ष ३० अर्बको विद्युत् निर्यात हुने जानकारी दिए । पछिल्ला तीन–चार महिनामा प्रत्येक महिना करिब ५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको उनले बताए । उनकाअनुसार गत आर्थिक वर्षमा नेपालले करिव २९ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो । यस वर्ष भोटेकोसी बाडीले केही क्षति पुर्याएपनि वर्षा राम्रो भएकाले नदीमा पानीको बहाव बढेको र त्यसले विद्युत उत्पादनमा समेत सहयोग पु¥याएको श्रेष्ठको भनाइ छ । विद्युत उत्पादन बढ्दा निर्यातको परिमाण र आम्दानीसमेत गत वर्षभन्दा बढ्ने उहाँको भनाई छ । नेपालले गत वर्ष २९ अर्बको बिजुली बेचेकोमा यसवर्ष ३० अर्ब पु¥याइने उनको भनाई छ । नेपालले देशभित्रको विद्युत् माग पूरा गरी वचत भएको वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट हुँदै आएको छ । द्विपक्षीय विद्युत विक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत विक्री गरिन्छ भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारमा प्रतिष्पर्धी दरमा विक्री हुँदै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ । यसरी भारतमा हुने विद्युत् व्यापारसँगै बंगलादेशमा समेत नेपालले वर्षायामको अतिरिक्त विद्युत् निर्यात गर्दै आएको छ । तर गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पु¥याएपछि बंगलादेशतर्फको विद्युत निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौताअनुसार स्वीकृति प्राप्त जलविद्युत केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो । बाढीबाट प्रभावित आयोजनाको सट्टामा अन्य जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्ने व्यवस्था मिलाइएको प्राधिकरण श्रेष्ठले जानकारी दिए । भारतको केन्द्रिय विद्युत प्राधिकरणबाट अन्य आयोजनाको विद्युत बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि केही दिनअघिदेखि पुनः निर्यात शुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । नयाँ व्यवस्थाअनुसार यसअघि स्वीकृति प्राप्त त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ । र सोहीअनुसार विजुली बेच्न थालिसकिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको निर्यात पुनः शुरु हुनु नेपालको विद्युत् व्यापारका लागि ठूलो उपलब्धि भएको बताए । यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन र क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुँदै आएको छ । बंगलादेशसँगको सम्झौता र भारततर्फको द्विपक्षीय तथा प्रतिस्पर्धी बजारमा हुने विद्युत विक्रीले नेपालको अतिरिक्त विद्युत व्यवस्थापनमा सहयोग पु¥याउँदै आएको छ । यस वर्ष जलविद्युत उत्पादन अनुकूल रहेकाले भारत र बंगलादेश दुवैतर्फको निर्यात बढ्ने र त्यसबाट विद्युत निर्यात आम्दानीसमेत गत वर्षको तुलनामा वृद्धि हुने प्राधिकरणले जानकारी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, गभर्नर पौडेलबाट लिए शपथ
OthersJust now

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, गभर्नर पौडेलबाट लिए शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंक लिमिटेडको २८ औँं वार्षिक साधारण सभा मार्फत संस्थापक ...

पर्दाफास
म्याक्स टाइगरका विजेताले पाए पुरस्कार
OthersJust now

म्याक्स टाइगरका विजेताले पाए पुरस्कार

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर १ सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर ...

पर्दाफास
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म
OthersJust now

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

कर्णाली प्रदेश सरकारले स्याउ उत्पादनको व्यावसायिक विकास, घर बीमा, सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन वितरण र दलित समुदायको आयआर्जनसम्बन्धी पाँच निर्णय गरेको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय गरेको हो। निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिइएको जानकारी दिए। बैठकले दुईवटा कार्यविधि, एउटा संशोधन नियमावली तथा भौतिक ...

पर्दाफास
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने
OthersJust now

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा आएको छ। शुक्रबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा केन्द्रले सेवा प्रारम्भ गरेको हो। नेपाल सरकारको २०८३ असोज २३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार स्थापना भएको यस केन्द्रले साइबर ठगी नियन्त्रण तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, विद्युतीय भुक्तानी सेवा, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै स्थानबाट एकीकृत रूपमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play